चर्चित कमेडियन कपिल शर्माका फ्यानका लागि आयो दुखद खबर

काठमाडौँ । भारतका चर्चित कमेडियन कपिल शर्मा बेला बेलामा विबादमा तानिने पात्र हुन् ।

आफ्ना सहकर्मी सुनिल ग्रोबरलाई विमानमा नै दुब्र्यबहार गरेको आरोपमा लामो समयदेखि विबाद खेपेर आलोचना बेहोरेका कपिलललाई मुम्बईस्थित अपराध अनुसन्धान विभाग ९सिआइयू०ले बयानका लागि बोलाएको हो ।

गाडी चोरी आरोपमा पक्राउ गरेका व्यक्तिका बारेमा बयान दिन कपिललाई बोलाइएको भारतीय मिडियाले जनाएको छ ।

मुम्बईं प्रहरीका गाडी चोरी गर्दै स्वरूप फेरेर बेच्ने आरोपमा दीलिप छाबडिया नामका कार डिजाइनरलाई पक्राउ गरेको थियो। उनैले दिएको बयानका आधारमा कपिललाई थप सोधपुछका लागि बोलाइएको हो ।

कपिलका अनुसार दीलिपले भ्यान बनाउन भारू ५ करोड ७० लाख लिइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार