माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाण्डाै / सरकारले माघ १ गते माघे सङ्क्रान्ति (माघी पर्व) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ .

आइतबार बिहान बसेकाे मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभयाे ।

आइतबार राष्ट्रिय सभामा सम्बाेधन गर्दै उहाँले माघी पर्वलाई सबैले मनाउने गरेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार