इँटाको गारो लगाउने क्रममा पाँचतला माथिबाट खसेर डम्बरको ज्या’न गयो, शेकमा परिवार

काठमाडौ । भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आज एक मजदुरको मृ’त्यु भएको छ ।

महोत्तरीको बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय डम्बर मगरको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार स्थानीयवासी सुनिल थिमिको निर्माण भइरहेको घरको गारो लगाउने क्रममा पाँचतला माथिबाट ख’से’र भुइँतलामा बजारिँदा ग’म्भी’र घाइते मगरको डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले मृ’त्यु भइसकेको जानकारी गराएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार