काठमाडौं : हिजो २३ सयले घटेको सुनचाँदीको मुल्यमा आज पनि गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाला सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार भइरहेको छ। आज चाँदीको मुल्यमा पनि तोलामा ४० रुपैयाले गिरावट आएको छ।
आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।