निर्वाचनको तयारी नरोक्ने आयोगको भनाइ, प्रचण्ड-नेपाल समुहको आग्रह अस्वीकार

काठमाडौं, २७ पुष । प्रचण्ड-नेपाल समुहले निर्वाचन रोक्न गरेको आग्रह आयोगले अस्वीकार गरेको छ । सोमबार निर्वाचन आयोगमा पुगेर अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सरकारले तोकेको निर्वाचन रोक्न आग्रह गर्नुभएको थिया ।

उहाँहरुले संसद विघटन सम्बन्धको फैसला नआएसम्म निर्वाचनको काम नगर्न आयोगलाई आग्रह गरेको बताइएको छ । नेताहरुले आयोगलाई स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम गर्न सुझाव समेत दिएको बताइएको छ । तर निर्वाचन आयोगले भने सरकारले तोकेको मितिमा निर्वाचन गराउने काम थालिसकेको  र नराेक्ने जवाफ दिएको छ ।

अदालतले निर्वाचन नगर्न नभनेसम्म काम रोक्न नसकिने आयोगका अधिकारीहरुले बताएका छन् । साथै प्रचण्ड-नेपाल समुहलाई आयोगको तटस्थतामा शंका नगर्न आग्रहसमेत गरेको बताइएको छ । गएको पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै आगामी बैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति घोषणा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार