फेसबुकमा तिमी बिना बाँच्दिन भन्दै मिठा मिठा कुरा गरेर विबाह गरे यि प्रेमीले, त्यसपछि…

एजेन्सी । फेसबुकबाट साथी बने । मित्रता बढ्दै प्रेममा परिणत भयो त्यस पछि उनीहरुले विवाह गरे । युवकले म तिमीलाई पाउन सकिन भने यो संसार छोड्छु भनेर माया देखाइरहे । केटाको मायामा युवतीले विश्वास गरिन् । विवाह समेत भयो ।

अघिल्लो दिन सम्म तिमीलाई पाइन भने म यो संसारमा हुने छैन भनेका प्रेमीले श्रीमती बनाएर सबै लुटेर हराए । विवाह पछि घरमा राखिएको गहना, पैसा र सबै सम्पत्ती लिएर बेहुला हराएपछि अहिले वेहुली प्रहरी कार्यालय पुगेकी छन् । यो भारतमा भएको घटना हो । भारत युपीको फत्तेहपुर प्रहरी कार्यालयमा दर्ता भएको यस्तो उजुरीले प्रहरी हैरान भएको छ ।

उजुरी दिएपछि ति महिला प्रहरीको साथमा श्रीमान् अभिषेक आर्यको घरमा पुगिन् । घरमा ताला लगाएको थियो । दिपाली भन्छिन् कि अभिषेक आर्यले फेसबुकबाट मित्रता राखे । केही दिन पछि अभिषेकले विवाहको लागि दबाब दिन थाले। महिला भन्छिन् कि अभिषेकले आफ्नो घाँटीमा ब्ले’ड लगाएर विवाहका लागि दवाव दिए । उसले भन्यो कि यदि तिमीलाई पाउन सकिन भने म संसार छोड्छु । यद्यपि दिपालीले बेवास्ता गरे पछि अभिषेक दिल्लीबाट सीधा उडानमा कोलकाता गए।

कोलकाता पुगेपछि अभिषेकले दीपालीलाई उनलाई विवाह गर्न राजी गराए। त्यस पछि उनीहरू दुवैले विवाह गरे र तिनीहरू होटलमा बसे। महिला भन्छिन् कि अभिषेकका बुबा राजू आर्य बैंक अफ बडोदामा काम गर्छन्। तर अहिले श्रीमान् का बुवा पनि सम्पर्कमा छैनन् । बैंकको लकरमा राखिएको पैसा र नगद पनि गायब छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार