भारतीय नायिका अनुष्काले जन्माइन छोरी

बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले सामाजिक संजालबाट आफूहरुलाई पुत्री लाभ भएको र अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेका छन् ।

विराटले सामाजिक संजालमा लेखेका छन्–‘हामी दुबै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौ । अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार