चितवन- सोमबार चितवनमा पाटेबाघ मृ ‘त अवस्थामा फेला परेको छ ।
डिभिजन वन कार्यालय चितवनले जनाए अनुसार सोमबार दिउसो करिव १ : ०० बजेको समयमा चतुर्मुखी सामुदायिक वन, कालिका नगरपालिका वडा नं। १ स्थित कागति घारी भन्ने ठाउँमा भाले पाटेबाघ मृ’ त फेला परेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहामा मृ’ त भेटिएको बाघलाई आवश्यक व्यवस्थापन तथा पोष्टमार्टमका लागी पठाइएको छ । अहिले घटना सम्बन्धि थप अनुसन्धान भइरहेको बताइएको छ ।
यो सँगै यो वर्ष दश लिन भित्र नेपालले दुई वटा बाघ गुमाएको छ ।
यसअगाडी पुष १७ गते शुक्रबार कारको ठक्करबाट पूर्वपश्चिम राजमार्गको बारा-जितपुर खण्डमा पाटेबाघ मृ ‘त भेटिएको थियो ।