राष्ट्रिय एकताप्रतिको भावनालाई सरकारले सम्मान गर्नुपर्ने होइन र ? : मनिषा कोइराला

काठमाडौं, २७ पुष । अभिनेत्री मनिषा कोइरालाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनु भएको छ । सोमबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राप्रपाले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो ।

साेही बिषयमा अभिनेत्री कोइरालले सामाजिक संजाल फेसबुकमा आफूले जनताको राष्ट्रिय एकताप्रतिको भावनालाई सरकारले सम्मान गर्ने सोचेकोमा त्यसको ठिक उल्टो भएको बताउनु भएको छ ।

पृथ्वी नारायणको शालिकमा माल्यार्पण गर्न गएकामाथि पानीको फोहरा र टियर ग्यास सहित नै तैनाथ प्रहरीलाई पठाउने सरकार के नेपालीको सरकार नै हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार