काठमाण्डौ । सबैको जीवनमा एउटा मिठो पल हुन्छ । र त्यो मिठो पललाई सित्तमित्ति बिर्सन सकिंदैन । पछिल्लो समय उदाउँदै गरेकी गायिका रचना रिमालको जीवनमा पनि यस्तै एउटा मिठो पल छ ।
जस्लाई उनले निकै नै गर्वका साथ भन्ने गर्छिन् । गायिका रिमालको स्वरलाई मन नपराउने सायदै होलान् । उनी टिफर ट्टयाट गर्ने व्यक्तित्वको रुपमा पनि चिनिछिन् ।
सजिलो भाषामा भन्ने हो भने जस्तालाई त्यस्तै ढिंलाई निस्तै गर्न जानेकी भनेर चिनिन्छिन् गायिका रिमाल । उनको आवाजमा जस्तो जादुको छडी छ । उनले गायका प्राय सबै गीतहरु हीट नै छन् । उनका गीतहरुलाई धेरैले रुचाउने गदर्छन् ।
उमेरमा सानी तर आवाजमा निकै परिपक्क गायीका रिमाल साह्रै नै सोझी र साधारण देखिन्छिन् । उनको यस्तै आचरणलाई धेरैले मन पराएका छन् ।
विशेषगरी उनको प्रश्न अनुसारको उत्तर दिने तरिकालाई धेरैले मन पराएका छन् । उनको त्यही तरिकालाई टिकटकमा पनि सर्ट भिडियोकोलागी प्रयोग गर्ने गरिएको छ । उनी आफै पनि टिकटकमा सक्रिय नै रहन्छिन् । झापाकी गायिका रिमाललाई धेरैले झापाका मान्छेहरुपनि यत्ति सोझो हुन्छन् र भनेर प्रश्न गर्ने गर्दछन् ।
तीनै साधारण र निकै सोझी गायिका रिमालले एउटा टिकटक भिडियोमा आफ्नो र परिवारको पहिलाको अवस्थालाई देखाएकी छन् ।
उनले उक्त टिकटक भिडियोमा एउटा सानो काठको घुम्ति देखाउँदै त्यो घुम्तिमा पहिला आफुहरुले चटपटे बेच्ने गरेको कुरा सनाएकी छिन् । उनले त्यो विगतलाई पनि निकै नै आनन्दले सनाएकी छन् ।
उनको कुरामा कुनै लज्जा छैन । न त दुःखको बोध नै छ । बरु उल्टै उनले गर्व गर्दै आफुहरुले पहिला चटपटे बेच्ने गरेको कुरा बताएकी छन् ।