काठमाडौँ । बलिउड चर्चित नायिका अनुष्का शर्मा आमा बनेकी छिन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अनुष्काले सोमबार छोरीलाई जन्म दिएका हुन् ।
भारतको मुम्बईको ब्रीच कैंडी अस्प्तालमा छोरीलाई जन्म दिएको भारतीय अनलाइन आजतकले उल्लेख गरेको छ ।
अनुष्काले छोरीलाई जन्म दिए लगत्तै कप्तान विराटले एक स्टाटस पोष्स्ट गर्दै आफ्ना फ्यान र शुभचिन्तकलाई खुशीको खबर सुनाउँदै भनेका छन् हामी बाबु आमा बन्यौँ । यो नै हाम्रा लागि जिन्दगीको खुशको ठूलो क्षण हो ।