‘मौलिक हक खोसेर ओली सरकार अधिनायकवादतर्फ गयो’-मनीषा कोइराला

काठमाण्डाै – सिंहदरबारको पश्चिमी गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

अभिनेत्री मनीषा कोइरालासहितको र्‍याली पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न भद्रकालीबाट सिंहदरबारको गेटतर्फ जाँदै गर्दा प्रहरीले रोकेको हो ।

प्रहरीले रोकेपछि र्‍यालीका सहभागीहरूले विरोध गरेका छन् । प्रहरीले हस्तक्षेप गरेको भन्दै अभिनेत्री मनीषा कोइरालाले ट्विटरमा आक्रोश पोखेकी छिन् ।

उनले नागरिककाे राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान नगरेको बताएकी छिन् ।

यस्तै पृथ्वीनारायणको सालिक अगाडि नै सरकारले आपत्तिजनक कार्य गरेको भन्दै काेइरालाले आक्रोश पाेखेकी हुन् ।

कोइरालाले साेधेकी छिन्, ‘पानीको फोहोरा र टियर ग्याससहित तैनाथ प्रहरीलाई पठाउने सरकार के नेपालीको सरकार नै हो ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार