एक सुखि परिवारका ५ जना, जो समुन्द्रमै बिलिन भए..

इण्डोनेशियामा श्रीविजय एयरको विमान दु-र्घटनामा परेको एक परिवारले विमान उड्नु ठिक अघि सामाजिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुःखद अवस्थाको खुलासा गरेको छ ।

उनीहरुलाई नियतिले ता-नेर मृ-त्युको मुखमा पुर्याएको पाइएको छ । राती विन्डानिया नामकी एक महिलाले विमानको सिटमा बसेर आफ्ना तीन छोराछोरीसँगै खिचेको सेल्फी सार्वजनिक भएको हो । उनले तस्वीर पोस्ट गर्दै आफूहरु घर जान लागेको उल्लेख गरेकी थिइन् ।

‘हामी शक्तिहीन महसुस गरिरहेका छौं । हामी केवल पर्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं’

उनका दाजु इरफान्स्याह रियान्तोले पनि परिवारको फोटो पोस्ट गर्दै उनीहरुको लागि प्रार्थना गर्न भनेका थिए । इरफान्स्याहका अनुसार उनको परिवारले खासमा अर्कै विमानबाट यात्रा गर्ने तय थियो तर अन्तिम समयमा उनीहरुले उडान परिवर्तन गरे ।

डेलीमेलको रिपोर्टअनुसार शनिबार आत्तिँदै जाकार्ताको सोएकार्नो हात्ता विमानस्थल पुगेका इरफान्स्याहले आइतबारसम्म पनि आफ्नी बहिनी र अभिभावकसहित परिवारका ५ जनाको बारेमा शुभ खबरको आशा गरिरहेका थिए ।

‘हामी शक्तिहीन महसुस गरिरहेका छौं । हामी केवल पर्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं’ इरफान्स्याहले भने । उनका अनुसार उनको परिवारले चाँडैको उडानमा घर जाने योजना थियो । त्यो जहाज श्रीविजयले नै संचालन गरिएको नाम एयरको उडान थियो ।

यस्तो लागिरहेको छ, म अझै यसलाई विश्वास गर्न सकिरहेको छैन । यो निकै छिटो भयो’

तर, उनीहरुले किन उडान परिवर्तन गरे भन्ने विषयमा उनी आफैं अनभिँज्ञ छन् । उनकी बहिनी र उनका छोराछोरी तीन हप्ताको विदाको समय सकेर पश्चिम कालिमान्तान द्वीपमा रहेको पोन्तियानाकस्थित आफ्नो घर जाँदै थिए ।

इरफान्स्याहले भने- ‘उनीहरुलाई विमानस्थलसम्म गाडीमा मैले नै लगेको थिएँ, चेक इन र लगेजको लागि पनि सहयोग गरेकको थिएँ । यस्तो लागिरहेको छ, म अझै यसलाई विश्वास गर्न सकिरहेको छैन । यो निकै छिटो भयो’ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार