प्रधानमन्त्रीका अगाडि पत्रकारको ‘उपरखुट्टी’ भन्दै फोटो भाइरल

भाइरल भइरहेको छ । भारतीय पत्रकारले प्रधानमन्त्री निवासमा नै गएर ओलीको अन्तर्वार्ता लिएका थिए ।

सार्वजनिक भएको फोटोमा प्रधानमन्त्री ओलीसंग सुधीरले चौधरीले ‘उपरखुट्टी’ लगाएका छन् । मर्यादा र साधारण अर्थले पनि प्रधानमन्त्रीको अगाडी ‘उपरखुट्टी’ लगाउने चलन छैन । उक्त फोटोमा प्रधानमन्त्री स्वयं ‘उपरखुट्टी’ लगाएका छैनन् ।

देशका नागरिक र पार्टीका नेता, कार्यकर्ताले अनुनय बिनय गर्दा पनि भेट्न नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय विवादित टेलिभिजन जी न्युजका विवादित पत्रकार सुधीर चौधरीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेरै अन्तर्वार्ता लिएका हुन् ।

स्मरण होस सुधिरकै च्यानलबाट प्रधानमन्त्री ओलीलाई जोडेर आपत्तिजनक समाचारहरू पटक-पटक प्रसारण भएका छन् । यतिसम्म कि चिनिया राजदूत हाउ यान्छीसंग प्रधानमन्त्री ओलीले चक्कर चलाएको भन्दै भ्रामक सामाग्री समेत उनकै च्यानलले प्रसारण गरेको थियो ।

देबेन्द्र कोइराला फेसबुकमा लेख्छन् ” नेपाल बिरुद्ध प्रोपोगन्डा मच्चाउने र जिहाद छेड्ने जी न्यूजका सुधिर चौधरीका साथमा हाम्रा ‘बा’ । सामन्त गोयलले आधारातमा ढोका थुनेर, झारफुक, स्वस्तिशान्ति गरेर फर्केपछि हाम्रा ‘बा’ का घरमा भारतीय पाहुनाको भिड थामिनसक्नु भयो ।”

उक्त अन्तरवार्तामा भारत र चीन विवादमा नेपालमा कस्को साथमा छ भनेर प्रश्न गरिएको बताइएको छ । उक्त अन्तरवार्ता आज बेलुका भारतीय समयअनुसार ९ बजे प्रशारण हुनेछ ।

‘छिमेकी नीतिलाई लिएर अहिले नेपाली प्रधानमन्त्रीको दिमागमा के चलिरहेको छ ? भनेर जान्नु महत्वपूर्ण हुनेछ’ सुधीरले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाल किन भारतसँग ठूल्दाइको जस्तो व्यवहार गर्न चाहँदैन भन्ने विषयमा निकै महत्वपूर्ण कुराकानी भयो ।’

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी मिडियालाई अन्तर्वार्ता दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार