हास्य विधा अन्तर्गत बिभिन्न कलाकारको अवाज दुरुस्तै नक्कल गरेर चर्चामा आएका कलाकार श्रीधर अधिकारी बिगत केहि बर्ष यता संगीतको कर्ममा लागेका छन।
प्राय मेलामहोत्सब को सिजनमा व्यस्त देखिने श्रीधर अन्य कलाकारहरु जस्तै कोभिड कोरोनाका कारण लामो समय स्टेज कार्यक्रममा सहभागी हुन पाएनन। तर उनले यो अबधिमा नया गित “हावादारिमा “गित बजारमा ल्याएका छन।
पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल संगको सहकार्यमा उक्त गीत बजारमा ल्याएका हुन्। गीतले पनि राम्रै प्रतिक्रिया पाईरहेको छ। लोकप्रिय एप टिकटकमा पनि सोहि गीतमा भिडियो बनाउने पनि बढिरहेको छ। गायक अधिकारीले आफ्नै युट्युब च्यानल मार्फत गीत डिजिटल बजारमा पठाएका छन।
गीतमा भारतीय रियालिटी सो मा सहभागी भएका बालकलाकार हरुको पनि अभिनय रहेको छ। पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल संग गाउदा खुशी लागेको श्रीधर बताउछन। गितमा शब्द संगीत श्रीधरले नै गरेका छन !
गीतले सवैको मन जितोस् सफलताको शुभकामना सहित भिडियो हेर्नुहोस् :