काठमाडौ । चितवनमा भएको एउटा घटनाले अहिले सबैको ध्यान तानेको छ । सानै उमेरमा प्रेममा परेका जोडीको वियोगान्त अवस्थाले युवक जिवनको दोसाँधमा छन् भने एउटै गाउँका दुई परिवारबीच दुस्मनीको अवस्था आएको छ । १७ वर्षकी युवती र २१ वर्षका युवक एक अर्कालाई प्रेम गर्थे । उनीहरुले विवाह पनि गरे । तर परिवारले उनीहरुको विवाह स्वीकार गर्न नसकेका कारण युवतीले आफ्नो वयान फेरीन् ।
युवकसंग चितवन देखि काठमाडौं पुगेर युवकको आमाको अगाडी विवाह गरेकी युवती अर्को दिन माइत फर्किए पछि मलाई दवावमा पारेर विवाह गरियो भने पछि युवकले सहन सकेनन् । भिडियोमा आएका युवक र युवतीबीचको म्यासेन्जरमा भएका कुराकानीका आधारमा परिवारको दवावमा आएर युवतीले वयान फेरेको अनुमान लगाउन सकिन्छ ।
युवतीकै लागि आमाबुवा, संस्कार र धर्म समेत छोडेका युवकले युवतीको बदलिएको ब्यवहार सहन नसकेर वि ष से व न गरेका छन् । उनी अस्पतालमा उपचारार्थ छन् । घटना भएको चार दिन सम्म पनि उनको होस आएको छैन । युवतीको प्रेममा परेका २१ वर्षका युवक कञ्चनले युवतीकै धर्म अंगाले । उनी क्रिश्चियन धर्म परिवर्तन गरेका कारणा धार्मीक कलेज समेत छोडेका थिए । ।
युवतीकै लागि परिवारलाई पनि कन्भिन्स गरेका थिए । मेरो खुसी नै अनिशा हो त्यसैले मेरो प्रेम स्वीकार गर्नु भन्दै आमालाई उनले सम्झाएका थिए । त्यसैले छोराको लागि आमाले सबैकुरा स्वीकार गरिन् तर अहिले उही युवतीका कारण छोरा जिवनसंग संघर्ष गर्नुपर्ने अवस्थामा छ ।
भिडियो हेर्दा पनि फिल्मको कथा जस्तो लाग्ने वास्तविक घटनाको रोचक कुरा त के छ भने आफु त्यस्तो अवस्थामा पुगेका ति कञ्चनले यो सबै घटनाको कारण आफ्नो प्रेमिकालाई नबनाउनु भन्दै पत्र लेखेका छन् । बरु म उसको लागि प्रा ण दिन सक्छु तर अनिशालाई केही नभन्नु भन्दै छोराले लेखेको पत्र देखाउँदै आमाले बलिन्द्र धारा आँशु बगाएकी छन् ।