काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतको सानो भाइए नभएको बताएका छन्। उनले सानो र ठूलोको सोँचले नै स’मस्या निम्त्याउने बताए। भारतीय न्यूज च्यानल जी न्यूजका दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘यो पुरानो समय होइन। आकारमा सानो होला तर नेपाल भारतको सानो भाई होइन। बसह भएको छ। बहसले सत्य खोज्न सहयोग गर्छ। यो सानो, ठूलोको मानसिकता त्याग्ने हो भने स,मस्या हुँदैन। व्यक्तिगतरुपमा मोदी दाई हुन। होलान्, उमेरका हिसाबले। तर जब दुई प्रधानमन्त्री बस्छन् त्यहाँ कोही सानो ठूलो हुँदैन। संसारमा कैयौं कान्छा मान्छे पनि प्रधानमन्त्री छन् राष्ट्रपति छन्। कति त मैले राजनीति शुरु गर्दा जन्मेकै थिएनन् होला।’
भारत र चीनको आपसी स,म्बन्धमा नेपालको भूमिकाबारे सोधिएको प्रश्नमा प्रधानन्त्री ओलीले दुबै छिमेकीसँग नेपालले तथस्टताका साथ सन्तुलित सम्बन्ध कायम राख्ने र राखिरहेको बताए। उनले भने, ‘छिमेकी परिवर्तन गर्न सकिँदैन। भारत र चीन दुबै आकार र जनसंख्यामा ठूला छन्। अ,सन्तुलनलाई मेटाउनु पर्छ। राजनीतिक रुपमा पनि केही भिन्नता छन्। दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्छौं । नेपालले कुनै का,र्ड खेल्दैन। का,र्ड खेल्ने र छक्का,उने कुरा छोड्नुपर्छ।’
चीन र भारतबीच गलवान उपत्यकामा भएको भी,डन्तमा नेपालले भारतको समर्थन नगरेको विषयमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले चलाखीसँग उत्तर दिए। प्रश्नमा प्रधानमन्त्री ओलीलाई चीनले उका,सेको आशयको प्रश्न गरिएको थियो।
जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘गलवानमा चीन र भारतबीच भएको विषयमा नेपालको कुनै लेनादेना छैन। चीन र भारतबीचको सम्झौतामा नेपालको भूमि राखियो। नेपालले वि,रोध गर्यो, भारतले नक्सा प्रकाशित गरेर नेपाली भूमि समावेस गर्यो, हामीले वि,रोध गरौं। फेरि नेपाली भूमिमा सडक उ,द्घाटन गरियो, हामीले वि,रोध गर्यौं। भारतले जतिबेला हाम्रो भूमिलाई आफ्नो नक्सामा राख्यो त्यसपछि हामीले हाम्रो नक्सा संसदबाट अनुमोदन गर्यौं। त्यति नै बेला गलावनमा भएको भि,डन्तसँग हाम्रो के सम्बन्ध ?’
प्रधानमन्त्री ओलीले नेपालले दुबै छिमेकीसँग सौहार्द सम्बन्ध कायम गरिरहेको भन्दै कुनै पनि छिमेकीको पक्ष नलाग्ने बताए। उनले भने, ‘कसैको पक्ष लिने हाम्रो राजनीति होइन, हाम्रो तथस्ट रहने राजनीति हो। भारत र चीनबीच वार्ता भएन भने वार्ताका लागि पहल गर्न सक्छौं। दुबै मित्रबीच वार्ता गराउन पहल हुनसक्छ।’
प्रधानमन्त्री ओली थपे, ‘मोदी र शी चिनफिङसँग कुरा गर्न सकिन्छ। हामी तीनैजना असल मित्र हौं।
उमेर पनि उस्तै उस्तै छ। चीन र भारतप्रति कुनै पक्षतापूर्ण व्यवहार छैन। छ भन्ने लागेको छ भने त्यो बुझाई हो। दुबैसँग हाम्रो सौहार्द सम्बन्ध छ। चीन र भारतबीच हुने विवा,दले नेपालमा पनि नरा,त्मक असर पर्छ। यो समय एशियाको हो। यहाँको स्रोत लु,ट्न दिने होइन, उपयोग गर्ने हो। त्यसैले आपसी मित्रता हुनपर्छ। सबै मिलेपछि विकास गर्न सकिन्छ। त्यसैले आफ्नो देशमामात्र होइन, छिमेकमा पनि शान्ति हुनुपर्छ । अनिमात्र विकास सम्भव छ।’