काठमाडौँ, २८ पुष । कावासोतीको जंगलमा सोमबार गैंडाको बच्चा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत कावासोती नगरपालिकाको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा अन्दाजी तीन महिनाको पोथी बच्चा (केटी) मृत भेटिएको हो ।
निकुञ्जका अनुसार शनिबार मरेको अनुमान गरिएको गैंडाको खाग र खुर भने सुरक्षित छ ।
योसहित एक वर्षमा निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रमा २० वटा गैंडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ ।