पदम नेपाली र लायन किङ टंकुको मौलिक गीत कान्छु भनेर सार्वजनिक (भिडियो सहित)

गायक तथा सर्जक पदम नेपालीको शब्द र दिप्लब खातीको संगीतमा मौलिक गीत कान्छु भनेर सार्वजनिक भएको छ । दमौलीको सुन्दर ठाउँ रामथुम्कीमा छायंकन गरिएको गीतमा पदम  र दिप्लब सहित जुना श्रीषमगरको आवाज रहेको छ । गीतमा डोलराज बाह्रघरे मगरको एरेन्ज तथा कुमार रानाको मिक्सिङ रहेको छ भने गीतको अडियो मारुनी डिजिटलले उत्पादन गरेको हो ।

भुपेन थापाले क्यामरामा कैद गरेको भिडियोलाई सुबास अम्गाईले सम्पादन र साजन थापाले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । लायन किङ टंकु र निर्मला नेपाली म्युजिक भिडियोका निर्माता रहेका छन् । पछिल्लो समयकी चर्चित मोडल उर्मिला गुरुङ र गायक तथा सर्जक पदम नेपालीलाई गीतको अभिनयमा देख्न सकिन्छ । हेर्नुहोस् गीतको भिडियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार