४ वोटा गाडीका साहुको श्रीमती ड्राइभरले लग्यो, फिल्म निर्माता भएको छोरोले बाबुलाई बृद्धाश्रममा राखिदिएपछि रुँदै बाबु भन्छन्,‘उस्को यसैगरी जयहोस्’ (भिडियोसहित)

काठमाण्डौ । किशोर लामा । उमेरले ७० वर्ष । घर हेटौंडा सुबाटार । काठमाडौको नारायाण थानमा ३२ वर्षदेखि गाडी चलाईरहेको । उक्त ठाउँमा गाडी चलाउने ड्राईभर नै उनी पहिलो । उनका एक छोरी र दुई छोरा गरी तीन सन्तान । छोरी उतै हेटौंडामा नै दुई छोरा भने संगै तर आफुसंग छैन रहेछन् । यतिबेला किशोर बृद्धा आश्रममा छन् । सोही ठाउँबाटै उनले आफ्ना कुरा निकै नै घत लाग्दो गरी सुनाएका छन् ।

उनका कुरा सुनेर नरुने कोही भएन । आफुले गाडी चलाएर, आफैले खाना पकाएर समयमा छोराछोरीलाई स्कूल पठाएर हुर्काएका छोराछोरीले नै आज किशोरलाई दुईछाक खान पकाएर खुवाउन सकेनन् । अन्ततः किशोर अहिले बृद्धाश्रममा बस्नु परेको छ । आफ्ना ती दिन सम्झिएर किशोर निकै नै भक्कानिए । उनले आफुलाई सम्हाल्नै सकेनन् । उनले छोराछोरी सबैलाई सम्झिए निकै रोए । काठमाण्डौमा घर बनाएका छोराले सर्ट फिल्म बनाउने कुराले त झन सबैलाई चकित नै बनायो ।

तिनै छोरा ६ वर्ष कोरिया बसेर नेपाल फर्किएपछि घरबार जोडेछन् । तर उनको त्यही घरमा सानैबाट हुर्काएका बुवा किशोरकोलागी भने एउटा सानो कोठासम्म बनेनछ । उनको त्यो तलैतला भएको घरमा किशोर अट्ने तला बनेनछ । किशोर भक्कानिदै भन्छन्,‘छोरालाई पढाएँ लेखाएँ र पो त्यो ठाउँमा पुग्यो । आज उ लायकको भएको छ । मैले गाडी चलाएरै भएपनि नपढाएको भए सायद ऊ यो स्तरमा पुग्ने थिएन होला । उस्को यसैगरी जयहोस् ।’ भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार