मन्दिरको ढोकामा बसेको कुकुरले दर्शनगर्न आउनेलाई आशिर्वाद दिन्छ, सबैसंग हात मिलाउँछ (भिडियो हेर्नुस्)

एजेन्सी । कुकुरलाई संसारमा सबैभन्दा विश्वासयोग्य जनावर मानिन्छ। यो कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन। तर के तपाईंले कहिले कुकुरले मानिसलाई आशिष्‌ दिएको देख्नु भएको छ ? सुन्दै अचम्म लाग्ने यो घटना भने सत्य हो ।

भारत महाराष्ट्रको सिद्धातेकस्थित सिद्धिविनायक मन्दिरमा कुकुरले आफ्नो हात हल्लाउँदै भक्तहरूलाई आशिष्‌ दिइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो सोशल मिडिया प्रयोगकर्ता अरुण लिमेडियाले फेसबुकमा सार्वजनिक गरेपछि भाइरल भएको हो ।

भाइरल भिडियोले स्पष्ट देखिन्छ कि कुकुर सिद्धिविनायक मन्दिरको प्रवेशद्वार बाहिर उच्च स्तम्भमा बसिरहेको छ। भक्तहरू मन्दिरबाट बाहिर आउने बित्तिकै कुकुरले अगाडीको खुट्टा उठाउँछ । मानिसले शिर निहुराएपछि आशिष दिन्छ । कसैले हात अगाडी बढाए उसले पनि हात दिन्छ ।

मन्दिरवाट वाहिर आएका मानिसले कुकुरलाई देखेर हात उठाए यो देखेर, कुकुरले पनि आफ्नो हात मिलाए, हातमा एक पंजा दिएर उसलाई अभिवादन गरे।

कुकुरको अर्को भिडियो आएको छ जसमा एकजना मानिस मन्दिरबाट बाहिर आए र कुकुरको अगाडि झुके। कुकुरले आफ्नो इशारामा उनलाई इशारा गरेर आशीर्वाद दिएर जवाफ दिए।

यी दुई भिडियो क्लिपहरू फेसबुकमा साझा भएपछि, यो तुरून्त वायरल भयो। यो अहिलेसम्म १० लाख भन्दा बढी व्यक्तिले हेरिसकेका छन्। सोशल मिडिया प्रयोगकर्ताहरूले उक्त कुकुरप्रति आफ्नो प्रेम व्यक्त गरे र आशिष दिँदै त्यो कुकुर प्रति माया देखाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार