काठमाडौं । अमेरिकामा बस्ने उमेश केसी छुट्टी मनाउन दसैंअघि काठमाडौं आएका थिए। उनी आइटी इन्जिनियर हुन्। उनका दाइ हिमेश केसीका अनुसार उनी नेपालीहरूले खोलेको सामाजिक सञ्जाल सगुनका लगानीकर्ता पनि थिए। ललितपुर घर भएका ३४ वर्षीय उमेशले काठमाडौं फर्किएपछि टोखा नगरपालिका-३ ग्रान्डी भिलाको एक घर भाडामा लिए।त्यहाँ उनी श्रीमती सुदीक्षा गिरीसँग बस्थे। २९ वर्षीया सुदीक्षाको माइती घर सुर्खेत हो। उमेश र सुदीक्षाको सन् २०१४ मा प्रेमविवाह भएको थियो।केही महिना नेपाल बसेका उमेशको केही दिनमै अमेरिका फर्किने योजना थियो।
अमेरिकाको ग्रिन कार्ड समेत पाइसकेका र दशैँमा चाड मनाउन नेपाल आएका उमेश केसीलाई उनकै पत्नि सुदिक्षा गिरीले नै ज्यान लिएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ । रिर्पोटका अनुसार टोखाको ग्रान्डी भिल्लामा मृत फेला परेका दम्पतीको करिब १२ घण्टाको फरकमा मृत्यु भएको देखिएको अनुसन्धानमा खटिएका एक अधिकारीले जानकारी दिए ।
ति अधिकारीका अनुसार यही जनवरी १४ मा अमेरिका उड्न लागेका उमेरको मृत्यु शुक्रबार राति उमेश केसी र पत्नि सुदीक्षा गिरीको बिहिबार मात्र भएको देखिएको छ । उमेशको शव विस्तारमा थियो भने सुदिक्षाको भने झु, ण्डि-ए,को अवस्थामा फेला परेको थियो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उमेशको बुधबार राति नै मृत्यु भएको देखिए पनि सुदीक्षाले भने बिहीबार दिउँसोसम्म पनि विभिन्न व्यक्तिसँग फोनमा कुरा गरेको पाइएको छ। उमेशलाई मा- रिस,केपछि सुदिक्षाले दिदी शर्मिलासँग ३७ मिनेट कुरा गरेको देखिन्छ । शर्मीलालाई यसबारेमा थाहा भएता पनि प्रहरीलाई निकै ढिलो गरी खबर गरेको आरोप लागेसँगै प्रहरीले अहिले शर्मिलासँग पनि सोधपुछ गरिरहेको छ ।
पोस्टमार्टम रिपोर्टअनुसार सुदीक्षा २ महिनाको गर्भवती भएको र साही विषयका कारण पनि उमेश र सुदिक्षाबिच झ,गडा सुरु भएको प्रहरीको अनुमान रहेको छ । उमेशको यौ,नां,ग,ले राम्रोसँग काम नगर्ने आशंकाका बिच सुदिक्षाको ग,र्भको वच्चा कसको हो भन्ने विषयमा नै यि दुईबिच झ,ग,डा सुरु भएको स्रोत बताउँछ ।
घटना भएको बेलुका उनीहरुले चाउचाउ मात्रै खाएका थिए भने उमेश त्यो दिन दिउसो साथीहरुसँग पनि निराश मुद्रामा देखा परेका थिए । २०१४ मा प्रेम विबाह गरेका यि जोडीको विबाहमा उमेशका दाई र सुदिक्षाकी दिदीमात्रै सहभागी भएका थिए । १४ जनवरीमा अमेरिका उडेर विस्तारै सुदिक्षालाई पनि अमेरिका लैजाने तयारीमा रहेका उमेशको सबै सपना सुदिक्षाले च,क,ना,चुर पारिदिएपछि अहिले माइती र घर पक्ष नै ठूलो पिडामा परेको छ ।
उमेशको सुतिरहेकै अवस्थामा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनी अ र्ध’न’ग्न अवस्था (क’ट्टु र भित्री गन्जी)मा फेला परेका थिए। घटनाबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार प्रहरी पुग्दा उमेशको शव ग’लि’स’केको थियो भने सुदीक्षाको आलै थियो। ‘शवको प्रकृति हेर्दा उमेशको पहिले मृत्यु भएको देखिन्छ। किनकी उनको शव गल्न थालिसकेको थियो,’ ती प्रहरी अधिकारीले भने,’सुदीक्षाको मृत्यु भएको धेरै भएजस्तो देखिएको थिएन। ताजा नै थियो।’
उनीहरू दुबै जनाको फोन लक छ। प्रहरीले प्राविधिक टोलीको सहायताले सो लक हटाउने प्रयास गरिरहेको छ। प्रहरीले घटनास्थलबाट केही कागजातहरू पनि फेला पारेको छ। त्यसबाट पनि अहिलेसम्म मृत्यु तथा ह’ त्या’को कारण फेला नपरेको अ’प’रा’ध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए। घटनाको अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यसँग पनि सोधपुछ गरिरहेको छ।