यसरी बने रातारात मालामाल ! कालिज पालेरै करोडपति ! बिदेशमा भन्दा नेपालमै ३ गुणा कमाई | भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, किर्पया पुरा हेर्नुहोला । काठमाडौं, २९ पुष । भारतीय पत्रकार सुधीर चौधरीले सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दावी हुनुपर्ने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रम मार्फत उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन् ।

बेसक्याम्पमा पुगेर उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ, आज म यहाँ भन्न चाहन्छु कि माउन्ट एभरेस्टसँग भारतको के सम्बन्ध छ, वर्ष १८५२ मा राधानाथ सिक्दर, उनी पहिलो व्यक्ति थिए जसले माउन्ट एभरेस्टको उचाइ नापेका थिए, र सर्भे अफ इन्डिया डिपार्टमेन्टले सिकदरलाई त्यो काम दिएको थियो।’

उनले सगरमाथामाकाे नाम अग्रेजहरुले माउन्ट एभरेस्ट राखे पनि बताएका छन् । तर सगरमाथामाकाे नाम राधानाथ सिकदरको नामबाट  हुनुपर्ने उनले बताउका छन् । चौधरीले सगरमाथाको नामाकरण गर्न समेत भ्याए । राधानाथ सिकदरले नै पहिलो पटक नाप लिएको दावी गर्दै उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्ने समेत बताए।

‘त्यतिबेला अंग्रेजहरुको शासन थियो, र यहाँ काम गर्ने अग्रेजहरुले नै यसको नाम माउन्ट एभरेस्ट राखे, एन्ड्रु स्कट वले यसको नामाकरण गरेका हुन्, आज हामी यो भन्न चाहन्छौँ कि यो हिमालको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्थ्यो, र राधानाथ सिकदरको नाममा नै हुनुपर्छ । र, भारतलाई यसको लागि एक अभियान चलाउन आवश्यक छ र हामीलाई पनि माउन्ट एभरेस्टमा आफ्नो दावी पेश गर्न आवश्यक छ सारा संसारको सामु’, उनले भनेका छन्, ‘आज म यहाँ राधानाथ सिकदरलाई याद गरिरहेको छु, कि सिकदरले यो हिमालको पहिलो पटक नाप लिए। त्यत्रो ठूलो काम गरे उनले र हामीलाई यस्तो लाग्छ कि यो माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ।’

उनले जी न्युज सगरमाथाकाे नाम फेर्ने अभियान लागेकाे समेत बताए । ‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो । म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ । हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ,’ उनले भनेका छन्, ‘तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको प्रधानसम्पादक चाैधरी प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएर सगरमाथा पुगेका हुन् । प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेका हुन् ।

“यसरी बने रातारात मालामाल ! कालिज पालेरै करोडपति ! बिदेशमा भन्दा नेपालमै ३ गुणा कमाई | भिडियो हेर्नुहोस”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार