टीभीएसको एक्सचेन्ज अफरः नगद छुटदेखि व्याज तिर्नु नपर्नेसम्म

काठमाडौं । टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ अफर सार्वजनिक गरेको छ । टीभीएसले एक्सचेन्ज तथा नगद छुट अफर ल्याएको हो ।
टीभीएसले ल्याएको स्कीममा पुरा रकम तिरेर मोटरसाइकल किन्ने ग्राहकलाई नगद छुट दिने जनाएको छ । ग्राहकले नगदमा मोटरसाइकल खरिद गर्दा ९ हजार रुपैयाँ र स्कुटर खरिद गर्दा ७ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

त्यस्तै एक्सचेन्ज मार्फत मोटरसाइकल किन्ने ग्राहकले १५ हजार थप मूल्याङ्क र स्कुटर किन्ने ग्राहकले १२ हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । जुनसुकै कम्पनीको मोटरसाइकललाई बजार मूल्यभन्दा १५ हजारसम्म थप मूल्याङ्कन गर्ने कम्पनीले जनाएको हो ।

यो योजना नेपालभर रहेको टीभीएसको आधिकारिक शोरुममा पुस २८ गतेदेखि माघ ७ गतेसम्म लागूहुने कम्पनीले जनाएको छ ।
त्यस्तै टीभीएसका मोटरसाइकल तथा स्कुटर शुन्य प्रतिशत व्याजदरमा समेत किन्न सकिने स्कीम रहेको छ । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर बिना व्याजमा टीभीएसका मोटरसाइकल किन्न सकिने छ ।

नेपाली बजारमा टीभीएसले आरआर ३१०, आरटीआर २०० फोर भी, आरटीआर १६० सिरिज, स्टाइकर, रेडिअन, जुपीटर, एनटर्क जस्ता स्कुटर तथा मोटरसाइकल विक्री गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार