पि,डालु खानुका फाइदै फाइदा

पिँडालु सहजै पाइने, स्वादिलो र धेरै तरिकाले स्वाद लिन सकिने तरकारी हो । यसलाई उसिनेर खान सकिन्छ, तरकारी बनाउन सकिन्छ, अचारको रुपमा स्वाद फेर्न सकिन्छ । पिँडालु फलहारको रुपमा पनि खाइन्छ । यसलाई आलुमा मिश्रण गरौं वा दालमा, स्वाद दुइगुणा बढ्छ । पिँडालु मात्र होइन, त्यसको डाँठ र पाँतको (कर्कलो वा गा,भा) समेत विभिन्न परिकार बन्छ ।

पिँडालु गर्मी तथा बर्षायाममा पाइन्छ ।

के पाइन्छ यसमा ?

कतिलाई थाहा नहुन सक्छ, पिँडालुमा पर्याप्त पोषक तत्व पाइन्छ । यसमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ । यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लूकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ ।

यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेव,न गर्नैपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार