अर्घाखाँचीमा यात्रुबहाक बस दुर्घटना : चालक सहित १२ जना घाइते

अर्घाखाँची, २९ पुष । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नम्बर-१४ सिमलपानीमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटना परी चालक सहित १२ जना घाइते भएकाे प्रहरी कार्यलय अर्घाखाँचीले जनाएकाे छ ।

शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु१ख ७८१४ नम्वरको बस शितगंगा १४ छन्त्यालरुखमा बस दुर्घटना भएको हो । दुर्घटना ब्रेक फेल भएर भएको बताइएकाे छ ।

घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको पठाइइको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार