ललितपुर महानगरपालिकामा ज्ञानेन्द्र शाहीको टोलीले छड्के हान्दा भयो यस्तो हंगामा, कर्मचारीका झरे जाडोमै पसिना (भिडियोसहित)

ललितपुर । नागरिक समाजका अगुवा ज्ञानेन्द्र शाहीले आज ललितपुर महानगरपालिकाको कार्यालयमा छड्के जाँच गरेका छन् । उनले भ्रष्टाचारको विषयलाई लिएर कार्यालयमा छड्के हानेका हुन् ।

उनले त्यसरी सरकारी कार्यालयमा छड्को हान्दा उनको टोलीसंग त्याहाँका कर्मचरीले अभद्र व्यवहार गरेको उनले आरोप लगाएका छन् । उनको भनाई अनुसार नागरिक समाजको अगुवाको नाताले जुनसुकै कार्यालयमा छड्के हान्ने अधिकार भएको बताएका छन् ।

आफुहरुमाथि अभद्र व्यावहार भएको भन्दै उनले त्यो कुरा त्याहाँका इन्चार्जलाई बताएका छन् । कार्यालय कर्मचारीले नै तँ त र म म भन्दै अभद्र व्यवहार गरेकोप्रति ज्ञानेन्द्र र उनका टीमले नै आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले कर्मचारी भएर नागरिक समाजको अगुवालाई त यस्तो व्यवहार गर्दा रहेछन् भने अरु सेवा लिन कार्यालय आउने आम नागरिकलाई याहाँका कर्मचारीले कस्तो व्यवहार गर्लान् ? भनेर प्रश्न पनि गरेका छन् ।

कार्यलयमा छड्को जाँचकोलागी गएका ज्ञानेन्द्र र उनका टीमसंग चर्काचर्की परेको भिडियो सर्वाजनिक भई सकेको छ । उक्त भिडियोमा शाहीका टिमले अभद्र व्यवहार गर्ने कार्यालयका कर्मचारीलाई सुझबुझका साथमा काम गर्न सुझाव दिएका छन् । त्यसरी सुझाव दिदै गर्दाको दृश्यमा उनीहरुले पनि कर्मचारीलाई थर्काएको देख्न सकिन्छ । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार