भ्वाइस अफ नेपाल सिजन ३ मा तृष्णा गुरुङ कोच

काठमाडौं २९ पौष / चर्चित गायन रियालिटी शो दि भ्वाइस अफ नेपालको सिजन ३ चाडैनै हिमालय एच डि टेलिभिजनबाट प्रसारण हुने भएको छ । पहिलो सिजनबाटै राम्रो चर्चा कमाएको सफल दि भ्वाइस अफ नेपालको तेस्रो सिजनमा एक जना कोच परिवर्तन भएको छ ।

टिमले गायिका आस्था राउतको ठाउमा गायिका तृष्णा गुरुङलाई अनुबन्ध गराएको प्रेसमिट मार्फत जानकारी दिएको हो । धेरै हल्लाखल्लाका साथ सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ले खुब चर्चा पनि कमायो। हिमालयन टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दियो।

‘सिजन ‘१’ र ‘२’ सक्कीसक्यो l सिजन ३ को पनि केही समय देखी नै गाइँगुइँ हल्ला चलिराथ्यो l हल्ला चल्दाचल्दै आयोजकहरूले आज काठ्माण्डौको रेडीसन होटेलमा पत्रकार सम्मेलन गर्दै ‘सिजन ३’ को पनि घोषणा गरेका छन् l

ओप्पो  प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल ‘सिजन ३’ को अडिसन देश देखी विदेश बाट झन्डै चालिस हजार प्रतिभाहरूले सहभागिता जनाएका छन् l

आगामी एक महिना भित्रै ‘सिजन ३’ को प्रसारण सुरु हुने हिमालयन टेलिभिजन कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिएका छन् l

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार