चिसो माैसममा राकुलका हट अवतार, हेराैँ भाइरल तस्विर

तलेगु र तमिल फिल्मकी सफल अभिनेत्री राकुल प्रित सिंहले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।

आमाको मुख हेर्ने दिनमा आमासँगको तस्विर राख्दै उनले मेरो कपडाले मेरो चरित्रबारे बोल्दैन भनेकी हुन् । उनको कपडा र उनको केरियरलाई लिएर छिमेकी र आफन्तले मजाक बनाउँला उनको आमाले समर्थन गरेको उल्लेख गरेको छिन् ।

हुन त हाम्रो समाजमा अहिले पनि कपडा र चरित्रलाई मापन गर्ने गरिन्छ । तर राकुल अरु भन्दा भिन्न स्वभावकी छिन् । मनमा लागेको कुरा भन्दिहाल्छिन् ।

१८ वर्षको उमेरदेखि मोड्लिङमा लागेकी उनी दक्षिण भारतकी सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् । २०११ मा उनी मिस इन्डियामा सहभागी भएकी थिइन् । तर उनले टाइटल भने जित्न सकिन्न ।

पव्लिक च्वाइस, मिस फ्रेस फेस, मिस ट्यालेन्ट, मिस व्युटिफुल स्माइल र मिस व्युटिफुल आइजको उपाधी आफ्नो पोल्टामा पार्न सफल भइन् । उनी तलेगु र तामिलमात्र हैन बलिउडमा पनि आफ्नो अभिनयको छाप छाडिसकेको छिन् ।

दक्षिण भारतीय चलचित्रमा जमिसकेकी नायिका राकुल प्रित बलिउडमा पनि जम्ने क्रममा छिन् । राकुलको सुन्दरता र अभिनयलाई रुचाउनेहरूको संख्या धेरै छ । चलचित्रको पर्दामा सफ्ट गेटअपदेखि हट गेटअपमा उनी रुचाइएकी छिन् ।

राकुल सानैदेखि खेलकुदमा बढी रुचि राख्थिन् । तर, खेलकुदमै अगाडि बढिरहेको समयमा उनी मोडलिङमा प्रवेश गरिन् । यसमा, उनको परिवारको ठूलो सहयोग छ ।
राकुल भन्छिन्–‘मेरी आमाको प्रेरणाको कारण म मिस इन्डियाका लागि पनि तयार भइसकेकी थिएँ । तर, पछि चलचित्रमा लागें।’

राकुलले अगाडि भनिन्–‘चलचित्रको पर्दामा मैले वि-किनी लगाउने विषयमा मभन्दा मेरो आमा-बुबा बढी सहज हुनुहुन्छ । मेरो करिअर यो उचाइमा पुग्नुमा मेरो परिवारको साथ नै मुख्य कुरा हो ।’राकुलका अनुसार, सपिङ जाँदा उनको आमा-बुबा नै उनका लागि वि-किनी रोज्छन् । राकुल, एउटा कलाकारलाई खुलेर अभिनय गर्नका लागि परिवारको साथ ठूलो कुरा हुने बताउँछिन् ।राकुल नायक जोन अब्राहिमसँग चलचित्र ‘एट्याक’मा देखिँदैछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार