काठमाण्डौ । ७१ वर्षीय मनीसरा भुजेल । जो जाडोले काठ्ठीएर रातभरी रुँदै विगत १० वर्षदेखि आफ्नै झुपडीमा बसिरहेकी थिईन् । उनको घर त थियो तर घर जस्तो घर थिएन ।
छानो त थियो तर त्यो छानो उनलाई चिसोमा न्यानो हुने र गर्मीमा शितल दिने ओत भएन । गरीबीको पनि पराकाष्ट उनको जीवनले वर्षौंदेखि घामपानी सहंदै आई रहेको थियो । र पनि उनी बाँचिरहिन् ।
कसैले सहयोग गरिदिऊन् भन्ने आश त लागेको थियो होला तर अरुसंग सहयोगको अपिल पनि गर्ने सक्ने अवस्थामा थिईनन् मनीसरा । थिईन् भने पनि राम्रोसंग बोल्न सक्दिनन् उनी ।
निकै नै बिजोग र दुःखद अवस्थाबाट आफ्ना जिन्दगीको बसन्तहरु पार गर्दै बाँचिरहेकी मनीसराको जीवनमा अहिले आएर थोरै भएपनि खुशीले उनको झुडीको आँगन टेकेको छ । घामको किरण छिर्ने उनको आँगनमा खुशीले पाईला टेकेको छ ।
विगत ४ वर्षदेखी नकाटिएको मनीसराको हातका औलाका नंगहरु यस पटक काटिएको छ । च्यातिएका उनको घरको छानोलाई यसै पटक फेरीएको छ । ओढ्ने ओच्ट्याउने लुगा उनको ज्यानले यसै पटक पाएको छ ।
हुन त मनीसरा एक्लै छैनिन् । उनीसंग उनका श्रीमान सोम बहादुर भुजेल पनि छन् । तर सोम बहादुरको पनि उमेर डाँडा पारीको घाम जस्तो भईसकेको छ । उनी काम गरेर खान सक्ने उमेरका छैनन् ।
तर पनि उनले आफ्नो श्रीमती मनसरालाई केही जोहो गरेरै भएपनि खुवाएकै छन् । मनीसराको छोराछोरी पनि छन् तर उनीहरुले आमा र बुवा दुवैलाई हेर्दैन्न् रे यस्तो मनीसरा भन्छिन् । उनको भनाई अनुसार हात खुट्टा लाग्ने भएदेखि नै छोराछोरीले छाडेका हुन् रे । भिडियोसहित