जंगली बदेल पालेर लाखौँ कमाइ, माग धान्नै गाह्रो ! (भिडियो सहित)

चितवन ।पछिल्लो समय देशैभर व्यवसायीक कृषीतर्फ आकर्षण बढीरहेको छ । कृषीमा पनि विभिन्न किसीमका फलफुल, नगदेबाली, विभिन्न प्रजातीका बोट विरुवा र व्यवसायीक तरकारी खेती गर्नेको संख्या निक्कैनै बढीरहेको छ ।

यस्तै गाइ, भैसी, भेडा, बाख्रा, कुखुरा, बंगुर जस्ता घरपालुवा पशुचौपायको पनि व्यवसायीक पालन बढीरहेको छ । तर छिटफुट रुपमा जंगलमा मात्रै पाईने बदेल पनि किसानले व्यवसायीक रुपमै पाल्न थालेका छन ।

बागलुङ ताराखोलाका युवा किसान दिवस खत्रीले जंगली बदेल व्यवसायीक रुपमा पाल्न सुरु गरेका छन । हेर्दा घरमा पालीने बंगुर जस्तै देखिने बदेल पालेको करिव ७ महिना पुरा भइसकेको छ ।

उनको खोरमा अहिले ठुला साना गरी ४६ वटा बदेल रहेका छन । यो छोटो समयमा संगालेको अनुभवले उनलाई थप उत्साहित बनाएको छ । उनका अनुसार बजारमा माग धान्ननै गाह्रो भईरहेको छ ।

मिहीनत गरे मनग्गे कमाउन सकिने उनको बुझाई छ । आज हामिले दिवसको बदेल फर्ममा पुगेर बदेल कसरी पाल्ने ? के गर्नुपर्छ ? बच्चालाई कति पर्छ ? बदेलको बजार मुल्य कस्तो छ ? कतिको फाईदा छ ? लगायत विभिन्न विषयमा भिडियो कुराकानी गरेका छौँ । तपाई पनि जंगली बदेल पालेर लाखौँ कमाउन चाहानुहुन्छ भने यो भिडियो पुरा हेर्नुहोला,,,,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार