रेल जयनरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर दूरीमा सञ्चालन हुने छ। यस क्षेत्रमा रेललाइन तथा रेल्वे स्टेसन तयार भइसकेको छ। कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटर थप गरेर कूल ५२ किलोमिटर दूरीमा रेल सेवा सञ्चालनमा ल्याउने तयारीसमेत अगाडि बढिसकेको छ।
माघको अन्तिम सातादेखि सञ्चालनमा ल्याउन लागिएको रेल डिजेलबाट निस्कने बिजुलीबाट चल्छ। यसअघि ६ वर्षअघिदेखि पूर्णरूपमा बन्द भएको ब्रोडगेज रेल कोइलाबाट चल्थ्यो।
रेल जयनरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर दूरीमा सञ्चालन हुने छ। यस क्षेत्रमा रेललाइन तथा रेल्वे स्टेसन तयार भइसकेको छ।
कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटर थप गरेर कूल ५२ किलोमिटर दूरीमा रेल सेवा सञ्चालनमा ल्याउने तयारीसमेत अगाडि बढिसकेको छ।
नेपालको आफ्नै रेल चलाउनका लागि २२६ जना कर्मचारी आबद्ध हुने छन्। कर्मचारी भर्नाको काम अगाडि बढिरहेको महाप्रबन्धक भट्टराईले जानकारी दिए।
कूल २२६ जना कर्मचारीमध्ये रेल चलाउनका लागि चाहिने २६ जना प्राविधिक भारतबाट ल्याइने छ। उनै, प्राविधिक ढिलोमा माघ १५ गतेसम्म नेपाल आउने र आएको १५ दिनपछि सञ्चालनमा आउने उनको भनाइ छ।
जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेजका रूपमा विस्तार गरिएको छ। भारतीय कम्पनीमार्फत सन् २०१४ देखि नै ब्रोडजेग लिक निर्माणको काम अगाडि बढाइएको थियो।
सरकारले २०७५ को पुसबाटै जनकपुर-जयनगर रेल चलाउने घोषणा गरेको थियो। तर, सोही वर्ष गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेपछि रेल चलाउने मिति पछाडि धकेलिएको हो।