माघी पर्व : मौलिक पोशाकमा सजिएका थारु समुदायका युवती (फोटोफिचर)

काठमाडौँ– थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर बिहीबार माघी पर्व मनाएका छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व हो । पर्वका अवसरमा काठमाडौंमा रहेका थारु समूदायमा शुभकामना अदानप्रदान गर्दै थारु राष्ट्रिय महोत्सवका रुपमा मनाएका छन् ।

सो क्रममा थारु समूदायको सस्कृति झल्कने सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका नेता लिलामणि पोखरेलले सवै चाडपर्वको महत्व उतिकै रहेको भन्दै यसले नेपालको पहिचान झल्कने बताए ।

उनले आफ्नो अधिकार स्थापित गर्नका लागि सांस्कृतिक आन्दोलन आवश्यक रहेको उल्लेख गरे ।

फरक प्रसंगमा उनले नेकपा एकतादेखि नै समस्या देखिएको भन्दै त्यसैका परिणाम अहिले देखिएको बताए । उनले प्रधानमन्त्रीले संविधान विपरित संसद विघटन गरेको आरोप लगाए ।

त्यस्तै थारु अगुवा तथा नेकपा नेतृ गंगा चौधरी सरकारको कदमले जनताले दिएको मतको अपमान भएको बताइन । संविधान विपरित संसद बिघटन भएको भन्दै संविधान नै नरहे निर्वाचन हुन नसक्ने उनले बताइन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार