बुबालाइ बृद्धआश्रममा छोड्ने छोराले भने- ‘त्यो बुडोलाई पाल्दा धर्म लाग्छ भने थुक्छु म त्यो धर्मलाई’(भिडियोसहित)

आफ्नै जन्म दिने बाबुलाई सानोमा आफुलाई र आमालाई नहेरेको भन्दै छोराले वास्ता नगरेपछि अहिले उनका ती छोराका बाबु बृद्धा आश्रममा छन् । उनले दिनहुँ गेटमा अरुलाई नै भेट्न कोही आउँदा पनि आफ्ना छोराहरु आएकी भनेर बाटो हेरी बस्छन् ।

उमेरले ७० लागेका ती बाबु हुन् किशोर लामा । उनका दुई छोरा र एक छोरी छन् । श्रीमती पनि जिउँदै छन् । सबै परिवार हुँदाहुँदै पनि उनी बृद्धाश्रम गएका छन् ।

उनको श्रीमती र छोरालाई गर्दा उनीहरु भन्छन्,‘त्यो उस्लाई पापको सजाय भएको हो । अझैं धेरै हुन बाँकि छ

त्याहाँ बसेर उनले प्रत्येक दिन आफुलाई भेट्न घरबाट कोही त आउँछन् होला भन्दै गेटतिर हेरिरहन्छन् । तर उनको परिवारबाट आजसम्म न छोराछोरी गए भेट्कोलागी न त श्रीमती नै । आखिर किन ? भन्ने प्रश्न उब्जन्छन् ।

किन आफ्नै श्रीमानलाई बृद्धाश्रम जान बाध्य बनाईन् श्रीमतीले र छोराछोरीले बाबुलाई ? भन्ने प्रश्न उनको श्रीमती र छोरालाई गर्दा उनीहरु भन्छन्,‘त्यो उस्लाई पापको सजाय भएको हो । अझैं धेरै हुन बाँकि छ ।’ यस्तो जवाफले चकित नै बनायो ।

बाबुलाई भेट्न जाऊ न भन्दा‘बरु म मन्दिरका अरु गरिब भिखारी या परिवारबाट बहिष्किृत भएकाहरुको सेवा गरुला तर यो बुढाको सेवा गर्नेछैन ।

छोराको भनाई अनुसार किशार लामाले दुईवटी श्रीमती बिहे गरेका थिए । र सम्पत्ति सबै कान्छि श्रीमतीको नाममा गरिदिएको र आफ्नी आमालाई हेला गरेका रहेछन् । बाबु जीवित हुँदाहँदै आमाले ुदःखले आफुहरुलाई हुर्काएको हुनाले छोराछोरी सबैले आमालाई नै समर्थन गर्दा रहेछन् । छोराको भनाई अनुसार उनका बाबुले (किशोर) ले आजसम्म आफ्ना छोराछोरीलाई आफ्नो घरपरिवारको बारेमा नचिनाएको हुनाले आफुले पनि कुनै काका, बाजे, मूल घर केही पनि नचिनेको बताए ।

किशोरको छोराले मात्र नभई श्रीमतीले समेत किशोरको बृद्धाश्रमको बसाईलाई सजायको बसाई भएको बताएकी छन् । उनले रोएर मिडिया र अरुको मन जित्ने अनि माया पाईने भए आफु पनि रुँदै सबै कुरा सबै सामू बताईदिने कुरा गरिन् ।

उता छिमेकीहरु सबैले छोराभएको नाताले एकपटक बाबुलाई भेट्न जाऊ न भन्दा‘बरु म मन्दिरका अरु गरिब भिखारी या परिवारबाट बहिष्किृत भएकाहरुको सेवा गरुला तर यो बुढाको सेवा गर्नेछैन ।’ भन्ने जवाफ दिए ।

बाँकि भिडियोमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार