अर्कैसंग बिहे गरेको तीन वर्षसम्म पनि पुर्व श्रीमानलाई बिहे गरेको छैन भनेर झुक्कयाउँदै यसरी पैसा असुलि रहिन् पूर्व प्रहरी हवल्दारकी श्रीमतीले, रुँदै सुनाए आफ्ना पिडा (भिडियोसहित)

काठमाण्डौ । पुर्व प्रहरी हवल्दार सुवास देवान आफ्नै श्रीमतीबाट विगत तीन वर्षदेखि ठगी रहे । आफ्नै श्रीमतीसंग पनि कोही ठगीन्छन् भन्ने प्रश्न आउन सक्छ । तर उनी ठगीए । जबकी उनी आफै पनि प्रहरी हुन् । एउटा नेपाल प्रहरीको हवल्दार जस्तो मान्छे आफ्नै श्रीमतीबाट ठगीएको भन्ने कुरा सुनेर अचम्मित मान्नु स्वभाविक नै हो । २०७५ सालको अषाढदेखि घर छाडेर निस्किएकी श्रीमतीसंग अक्कल झुक्कल सुवाससंग सम्पर्क भईरहेको हुन्थ्यो ।

श्रीमान हुँदाहुँदै अर्कैसंग बिहे गरेकी उनकी श्रीमती उषाले आफुले बिहे नगरेको तर कुनै आफन्तकोमा बसिरहेको र घरमा फर्कने कुरा गरेको हुनाले सुवासले पनि उनको कुरामा विश्वास गरेका रहेछन् । उनले श्रीमतीको भनाईमा विश्वास गर्दै गईरहे तर उनकी श्रीमतीले भने सुवासले आफुलाई धेरै माया गर्ने र विश्वास गर्ने भएकोले जे भनेपनि हुन्छ भन्ने सोंचेर उनलाई मुर्ख बनाई रहिन् । र सुवास पनि श्रीमतीको कुरामा अन्जान हुँदै मुर्ख नै बनी रहे ।

जे भएपनि सत्यको एकदिन जीत हुन्छ भने झैं सुवासले पनि यो झुटको खेतीबाट छुटकारा पाएका छन् । आफन्त कसैको घरमा बसिरहेकी छु भनेकी श्रीमतीले अहिले अर्को बिहे गरेको श्रीमानबाट पाएको छोरीको फोटो फेसबुकमा पोष्ट गरेपछि उनको आँखा खोलिएको छ । पुर्व हवल्दार सुवासको साथ त उनले छाडिन् छाडिन् । संगसंगै भएको एउटी छोरी पनि साथैमा लिएर गएकी रहिछन् । यतिमात्र नभएर सुवासको ७ लाख रकम समेत कुम्ल्याएर उषाले अर्कैसंग बिहे गरेकी रहिछन् ।

अर्कैसंग बिहे गरेको थाहा पाएर पनि फर्किएर आउँछ कि भन्ने आशामा सुवासले पुर्व श्रीमती उषालाई धेरै नै सहयोग गरि रहे । तर अब सुवास श्रीमती विराटनगर दोश्रो बिहे गरेर बसेको रहेछ भन्ने थाहा पाएर उनी आफ्नो छोरी र उषाले लगेर गएको पैसा फिर्ता लिनकालागी उनी विराटनगर गएका छन् । सुवास भन्छन्,‘पहिला आश लाग्थ्यो मेरो छोरी सहित फर्किएर आउँछ कि भन्ने तर अब त्यो आश मरिसकेको छ । किनभने उस्ले अर्को बुढाबाट अर्को छोरी पाई सकेको छ । तर मेरो र छोरीको भविष्यसंग खेलेको हुनाले त्यो दुवैलाई चै कुट्छु होला ।’ भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार