ममी तिमी आफ्नो ख्याल गर है भन्दै सम्झाएका १७ छोराको बारेमा सुधारकेन्द्रवाट आयो मृत्युको खबर, आमा मुर्छित (भिडियो हेर्नुस्)

काठमाडौ । ममी तिमीलाई प्रेसरको समस्या छ तिमी आफ्नो ख्याल गर भन्दै मंसिरको २७ गते फोन गरेको छोरा त्यसको एक महिना पछि मृत भएको समाचार आएपछि आमा भक्कानिएकी छन् । छोरालाई उनले सुधार केन्द्रमा पठाएकी थिइन् । जिवन राम्रो बनाउन भन्दै सुधार केन्द्रमा पठाएको छोराको जिवन नै सकिएपछि आमाले आफुलाई सम्हालिन सकेकी छैनन् ।

उनले छोराले देह त्याग गरेको भनेर विश्वास गरेकी छैन् । उनले घटना रहस्यमय भन्दै त्यसको निश्पक्ष छानविन गर्न र दोशीलाई कारवाही गर्न माग गरेकी छन् । उनले भनिन्, मैले महिनामा २० हजार तिरेर सुधार केन्द्रमा राखे निको भएर घर फर्कने बेलामा छोरा नै गुमाउनु परेको छ । उनले आफ्नो छोराको निधन भएको ठाउँको घटनास्थल हेर्दा रहस्यमय देखिएको बताएकी छन् ।

उनले निधन भए पछि घटनास्थलमै शव नराखेर अर्को कोठामा लगेको बताएकी छन् । गत पुष २७ गते १७ वर्षका अजिज मियालाई ६ महिना अघि दमौली स्थित सुधार केन्द्रमा लगिएको थियो । उनको सुधार केन्द्रवाट निकाल्ने बेलामा देह त्याग गरेको भन्दै परिवारका सदस्यलाई जानकारी गराइएको थियो । सुधार केन्द्रमा राखेर राम्रो भइसकेपछि घटना हुनु रहस्यमय भएको आमाको भनाई छ ।

प्रत्यक महिना आफुले सुधार केन्द्रका जितेन्द्र खत्रीलाई फोन गर्दा छोराको अवस्था निकै राम्रो छ भनेर भन्ने गरेका थिए । तर छोरालाई भेट्न जाँदा ममी मलाई यहाँवाट छिटो लैजानु भनेर भनेका थिए । उनले आफुलाई त्यहाँ दुख दिने गरेको बताएका थिए । त्यसो भनेको एक महिना पछि जितेन्द्र खत्रीले विहानै ४ वजे नै छोराले देह त्याग गरेको जानकारी दिएको बताइन् । आफुलाई फोन गरेर एकै पटक छोरा छैन भन्दा मैले कसरी सहें होला उनले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार