भगवानको भजन गाउँदै पत्नी ब’टुल्दै, गरे चौथो बिवाह

काठमाडौं, भारतका ६५ बर्षीय भजन सम्राट अनुप जलोटाले हालै चौथो बिबाह गरेका छन् । ३७ वर्ष कान्छी ‘ग’र्लफ्रेण्ड’ लाई औपचारिक रूपमा घर भि’त्र्याएपछि अनुप फेरि चर्चामा आएका हुन् ।

नेपालसङ्ग सिमाना जोडिएको उत्तराखण्ड राज्यको नै’नितालमा जन्मेका अनुपको पहिलो बिबाह गुजराती युवती सोनालीसँग भएको थियो । उनले त्यतिबेला पनि परिवारको असहमतिका बा’वजुद आफ्नै भजन शिष्यसँग ल’गनगाँठो क’सेका थिए ।बिबाहको केही समयपछि नै उनीहरुबीच स’म्बन्धविच्छेद भयो र दोस्रो विवाहचाँहि पारिवारिक सहमतिमा ‘अ’रेञ्ज म्यारिज’ रहेको बताइन्छ ।

दोस्री श्रीमती विना भाटिया थिइन् । भा’टियासँगको वैवाहिक सम्बन्ध पनि लामो समयसम्म टि’क्न सकेन । त्यसपछि तेस्री श्रीमतीको रुपमा भारतका भूतपूर्व प्रधानमन्त्री आईके गुजरालकी भतिजी तथा शेखर कपुरकी पहिलो श्रीमती मेघा गुजरालसँग बिहे गरे ।मेघाको तर्फबाट अनुपका एक छोरा छन् ।

छ वर्षअघि मिर्गौला बि’ग्रेर मेघाको नि’धन भयो । तेस्री श्रीमतीको नि’धनपश्चात् केही महिनाअघि उनले चौथो श्रीमतीको रुपमा २८ बर्षकी जस्लिन मथारुलाई भि’त्र्याएका छन् । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको गो’प्यताको रहस्य स्वयम् जस्लिनले भारतीय टेलिभिजन कार्यक्रम बिग बोसमार्फत् खु’लासा गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार