निकै ग्ल्यामर लुक्समा देखिइन् ‘काउलीबुढी’, हेराैँ तस्बिर

चर्चित लोक तथा दोहोरी गायिका सन्ध्या बुढा को लोकप्रियता लोभलाग्दो छ, उनी गायिका मात्र हैन कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार मध्य सन्ध्या बुढाको नाम पनि जोडीन्छ ।

सन्ध्याले अनलाइन टेलिभिजनमा “काउली बुढी” नामक एक कार्यक्रम सञ्चालन गर्न थालेपछि धेरै दर्शक स्रोता माझ काउली बुढी नामबाट परिचित बनेका हुन् ।

उनी एक बृद्धा हो भन्ने धेरैमा भ्रम थियो “हाम्रो हजुरआमाको उमेर भको मान्छेले कति राम्रो कार्यक्रम चलाएको” भनेर धेरैले टिप्पणी गरेको पनि देखियो, त्यस लगत्तै अचानक उनी चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन २ मा प्रतिस्पर्धि बनेर पुगिन्, त्यसपछि उनको वास्तािविकता थाहा पाए भने उनको चर्चा अत्याधिक चुलियो ।

नेपाल आइडलको अडिसनमा उनले काउली बुढीको पहिरनमा जब आफ्नै असली स्वरमा गीत गाइन् सबै दंग परे , त्यसपछि झनै सन्ध्या बुढा उर्फ काउली बुढीको चौतर्फी चर्चा चल्यो’ तर उनको नेपाल आइडल बन्ने सपना अधुरै रह्यो ।

सुर्खेतकी चेली सन्ध्या बुढाको नाम लोकप्रिय कार्यक्रम इन्द्रेणीमा पनि जोडिएको छ । उनको सांगीतिक यात्रा इन्द्रेणी कार्यक्रम बाटै भएको थियो ।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय रहन्छिन् । उनले समय समयमा नयाँ नयाँ ठाँउ घुमेका तस्बिर शेयर गरिरहन्छिन् । पछिल्लो समय उनी समाजिक सञ्जालमा निकै ग्लामर बनेर देखिएकी छन् । जुन तस्बिरमा उनी निकै हट देखिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार