श्रीमतीको कुरा गर्न खोज्दा अघोरी बाबाले यसरी छड्के जवाफ दिए, के अघोरी बाबाको डिभोर्स भएको हो त ? (भिडियोसहित)

काठमाण्डौ । अघोरी बाबा र उनको अमेरिकन श्रीमतीको विबाहको बारेमा सबैलाई थाहा भएकै कुरा हो । तर के उनको बैबाहीक सम्बन्धको बारेमा वास्तविक कुरा सबैलाई थाहा छ त ? अघोरी बाबाले आफ्नो कुरा खुलेर राख्ने गर्दछन् । उनले आफ्नो विबाहको कुरा र अमेरिकी ग्रिन कार्ड त्याएर आफ्नालागी आएकी श्रीमतीको बारेमा पनि खुलेरै कुरा गरेका छन् । विबाहपछि पनि उनले आफ्नो श्रीमतीसंग धेरै मिडियामा खुलेरै अन्तरवार्ता समेत दिएका छन् ।

तर तीनै अघोरी बाबाको ग्रीन कार्ड छाडेकी श्रीमतीसंगको सम्बन्ध अहिले कस्तो छ त भन्ने प्रश्नमा उनी भन्छन्,‘को अमेरिका ? कस्तो अमेरिका ? मेरोलागी यही बनपाखा र याहाँको माटो नै भरिपुर्ण छ । मलाई अरुलाई जस्तो चिल्लो गाडी र ठूलाठूला महल चाहिएको छैन ।’ जब अघोरी बाबाले यस्तो जवाफ दिए तब उनको यो भनाईबाट सजिलै बुझ्न सकिन्छ कि उनको आफ्नो श्रीमतीसंगको सम्बन्ध राम्रो रहेनछ भन्ने कुरा । प्राय सबै कुरा खुलेरै भन्ने अघोरी बाबाले यो कुरामा भने घुमाउरो पाराले जवाफ दिएका छन् ।

केहि समय अघि ‘लाइफ ड्यामेज’ भन्दै युवा माझ चर्चित बाबाले विवाह गरेको भन्दै सिन्दुर लगाकी आफ्नी जिवनसाथीलाई पनि सार्वजनिक गरेका थिए । अवको बाँकि जिवन आफुहरु दुःख सुखकासाथ काट्न तयार रहेको बताउदै आफुहरु एक भएको उनीहरुले बताएका थिए ।

परिवार, समाज परिवर्तनमा आफुहरुको बिवाह उदाहरण बन्ने भन्दै समाजमा गलत काम गर्नेहरुमाथी आफ्नो विवाहले शिक्षा दिने पनि दम्पतीको भनाई थियो । आफ्नो डयामेज भएको लाईफ म्यानेज भएको पनि बाबाले बताएका थिए ।

एक अन्तरवार्तामा उनले देशको राजनीति र नेताहरुले कुर्सीकोलागी गरेको फोहोरी खेलको विषयलाई जोडेर आफुलाई आफ्नै देश मन पर्ने बताएका छन् । उनलाई पटक पटक श्रीमतीसंगको कुरा सोध्दा पनि उनले देशको वर्तमान परिस्थितिकै विषयमा बढी बोली रहे । देशको राजनीतिक परिस्थितिको उदाहरण दिंदै अघोरी बाबाले आफ्ना धेरै कुरा उनका फ्यान र नेपाली जनतालाई बताई दिएका छन् । उनले भनेका कुरा उनैको मुखबाट सुन्नकोलागी तलको भिडियोमा क्लिक गर्नुहोस् । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार