लकडाउनपछि टिका सानुको स्टेज धमाका, उनका फ्यानहरुले यसरी गरे उनको स्वागत (भिडियोसहित)

नुवाकोट । लोक गायिका टिका सानुले झण्डै १० महिनापछि स्टेज कार्यक्रम गरेकी छन् । लकडाउनपछिको उनको यो पहिलो स्टेज कार्यक्रम हो ।

उनले आफ्नो पहिलो स्टेज कार्यक्रमकोलागी नुवाकोटलाई रोजीन् । गायिका टिका सानुले नुवाकोट जाँदा बाटोभरी नै आफैले भिडियो बनाएकी थिईन् ।

उनी उक्त कार्यक्रमकोलागी निकै नै उत्साहीत देखिन्थिन् । उनले कठमण्डौदेखि नुवाकोटसम्मको बाटो यात्रा र कार्यक्रमकोलागी तयारी हुँदै गरेको सबै दृश्यलाई समेटेकी छन् ।

गायिका टिका आउने भनेर होला या लकडाउनपछिकै पहिलो स्टेज कार्यक्रम भएर होला टिका सानुको कार्यक्रममा दर्शकको निकै नै घुईँचो थियो । जुन टिका सानुले पनि सोंचेकी भेन थिईनन् होला ।

तर जब उनले त्यो भिड देखिन् तब उनी गीत गाउनकोलागी झनै उत्साहीत पनि देखिईन् । टिका सानुले गीत गाएर धेरै दर्शकलाई स्टेजमै नचाईन् पनि । टिकाको यो प्रस्तुती देखेर उनका फ्यानहरुले सोशल मिडियामा उनलाई धेरैले सकारात्मक प्रतिकृया दिएका छन् ।

सोशल मिडियामै टिका सानुका फ्यानहरुले उनको प्रसंशा समेत गरेका छन् । उनको उक्त भिडियोमा उनका फ्यानहरुले प्रसंशा गरेका नथाकेको देख्न सकिन्छ । उक्त स्टेज कार्यक्रममा टिका सानुले एक्कल र दोहोरी दुवै गीत गाएकी थिईन् ।

टिका सानुले एक्कल गीतमा ‘राम्दिको दोभान, धेरैपछि भेटेको मायालाई फुल दिउँ कि जोवान’ बोलको गीत गाएर दर्शकलाई नचाएकी थिईन् । टिका सानु आफु पनि गीत गाउँदै स्टेजमा मज्जैले नाचेकी थिईन् । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार