आमा सम्झिदै रुुन्छन्, यी नानीबाबुहरु (भिडियोसहित)

तनहुँ । ‘बुवा नां’ग्लो बिकाउन जानु भएको छ । घर यस्तै छ हाम्रो घर त । केही छैन । जताकतैबाट बाहीर देखिन्छ । पानी पर्यो भने चु’हिन्छ । वर्षामा भलपनि आउँछ ।’ सकिनसकी आगो फु’क्दै गरेका तनहुँ आर्थुम्का गाउँका ३ जना भुजेल नानीबाबुहरु । उनीहरु चिसो भुँईमा भि’जेको पि फम ओ’च्छाएर सुत्छन् । त्यसरी यो जाडोमा चिसो भुँईमा पानीले पुरै भि’जाएको पि ‘फम ओ’च्छ्याएर सुत्ने नानीबाबुहरु हुन् ८ वर्षकी अनुषा भुजेल, ६ वर्षका रिमन भुजेल र ४ वर्षको रिचेल भुजेल ।

यी नानीबाबुहरुको आमाले यिनीहरुलाई छा’डेको २ वर्ष भएको छ । यो दुई वर्षमा यिनीहरुको अवस्था यस्तै द’यनिय नै छ । यस्तो अ’वोध छोराछोरीलाई छोडेर जाने ती कति नि’र्दयी आमा ? आफैले जन्माएर आफैले ल’त्याउन सक्ने । आमाले छाडेर गएपछि आफु मुनीको भाई बहीनीहरुलाई सकिनसकि खाना पकाएर, पानी तताएर खुवाउँदै हुर्काएकी छन् ८ वर्षकी अनुषा भुजेलले । उनीहरुको अवस्था निकै नै द’यनिय छ । विपन्नको पनि अत्ति नै विपन्न परिवारमा गनिन्छन् यी नानीबाबुहरु ।

यिनीहरुको अवस्थालाई देखेर सहयोगी मनहरुले पनि सकेको सहयोग गरिरहेका छन् । नयाँ लुगा पाउँदा, खाना पकाउनलाई नयाँ भाँडाकुँडा पाउँदा र भि’जेको ड’स्ना अनि सिरकको ठाउँमा नयाँ अनि न्यानो बनाउने लत्ता कपडा पाउँदा उनीहरुको मुहारमा खुशीको बेग्लै संसार देख्न सकिन्छ । काम नगरि खानको जाहो नहुने भएको हुनाले उनीहरुका बाबु अरुकै काम गर्न जाँदा रहेछन् । नजिकै काम पाउँदा उनी घरमा आउँदा रहेछन् भने काम टाढा पाएको खण्डमा उनी घरमा नहुँदा अनुषाले नै भाई बहिनीलाई काखी च्या’पेर सुत्ने रहिछन् । भिडियोसहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार