काठमाडौँ । हिन्दू संस्कृतिमा महिलाको सोह्रश्रृगारलाई महत्वपूर्ण मानिने गरिन्छ। जसमा टिकुली अर्थात विन्दी पनि एक हो। यदी कुनै महिलाले श्रृगार गर्दा टिकुली लगाएकी छिन् भने त्यसले निकै सोभा बढाएको हुन्छ।
हिन्दु धर्ममा टिकुलीलाई सुहागको प्रतिक मानिने गरिन्छ। टिकुली सुन्दरता बढाउनका लागि मात्र नभइ यसको स्वास्थ्य लाभ पनि रहेका छन्। आज हामी तपाईलाई टिकुली लगाउदा हुने केही फाइदाका बारेमा जानकारी दिदैछौँ।
एकाग्रता बढ्छ
टिकुली आज्ञा चक्रमा लगाइने गरिन्छ। आज्ञा चक्र अर्थात दुबै आँखीभौँको बीच भागमा टिकुली लगाइदै आइएको छ। जब हामी ध्यान लगाउछौँ, तब हाम्रो ध्यान यही केन्द्रित हुने गर्दछ। मनको एकाग्र गराउनका लागि यही चक्रमा दबाव दियने गरिन्छ। त्यसैले टिकुली लगउदा एकाग्रता बढ्छ।
पिनासका लागि लाभदायी
पिनासका विरामीलाई टिकुली लगाउनु निकै फाइदा जनक मानिन्छ। किनकी यस चक्रमा पर्ने द’बावबाट नाकको नलीको सिधा सम्बन्ध हुने गर्दछ र द’बाव बढ्दा नाकमा जमेको फोहोर सजिलै निस्किने गर्दछ।
आँखाका लागि फाइदाजनक
टिकुली लगाउदा आँखा स्वस्थ राख्नका लागि निकै राम्रो मानिन्छ। आज्ञा चक्र सिधा आँखाको मांसपेसी र त्वचासँग छोडिएको हुन्छ। जसका कारण तपाईको आँखा चारै दिशामा घुम्ने गर्दछ। यो चक्र तपाईको आँखाको ज्योति बढाउनमा निकै लाभदायिक हुने गर्दछ।
सुन्नेको शक्ति बढाउन
टिकुली लगाउदा सुन्ने शक्ति बढ्दछ। अनुहारको नसामध्ये एक नसाको तन्त्रसँग जोडिएको हुन्छ। जसले तपाईको सुन्ने शक्ति राम्रो बनाउन सहयोग गर्दछ। त्यसैले यो चक्रमा दबाव बढाउदा तपाईको सुन्ने शक्ति बढ्ने गर्दछ।