२ माघ – राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तिम्रो हुने कहिले’ शुभमूर्हत गरिएको छ । मकर संक्रान्तिको अवसर पारेर बिहीबार राजधानीको भद्राकाली मन्दिर परिसरमा चलचित्रको शुभमूर्हत गरिएको हो ।
शुभमूर्हतमा सञ्चारकर्मी गीता अधिकारीले एक्सन कट र साहित्यकार भीष्मराज फुलाराले नरिवल फोरेका थिए भने कलाकार सबिन बस्तोला, प्रकाश चन्द, सारदा गिरी, करुणा पाण्डे मीना जिसी, मौसमी ओलीले मूर्हत सर्ट दिएका थिए ।
सुधन धिताल, श्याम खत्रीको निर्माण रहने चलचित्र ‘तिम्रो हुने कहिले’ माघको २ गते शुक्रबार बाट छायांकनमा जादैँ छ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गर्न लागेका हुन् ।
तिम्रो हुने कहिले’ मा नृत्य काजिस श्रेष्ठ र सुनिता वस्नेतको रहने छ ।
स्व.श्रीकृष्ण श्रेष्ठको डुव्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्दका साथमा करुणा पाण्डे, मिना जि.सि. सविन वास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेने छ । प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’बाट नेपाली सिने क्षेत्रमा प्रवेश गर्न लागेका हुन् ।