धनी बन्ने इच्छा सबैको हुन्छ । तर कसैलाई जति मेहनत गरेपनि आर्थिक संकट आइरहन्छ। मेहनत गरे अनुसार पैसा कमाउन शास्त्रका केही नियमको पनि पालना गर्न जरुरी छ। आज हामी तपाईलाई गर्न नहुने केही गल्तीका बारेमा जानकारी दिदैछौँ ।
महिलासँग दूश्मनी शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।
देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् –
शुक्रबारको दिन देवी लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देवीको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।
– च्यातिएको पर्स
यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।
– जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसाग छलफल गरेर मात्रै फैसला गर्नुहोस् ।
– विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् । विहान उठेर दुवै हात जोडेर देवी लक्षिमको ध्यान गर्नुहोस् ।
– गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । बुधबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।
– बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।
।
– सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा अलक्ष्मिको प्रवेश हुने विश्वास छ ।
-परिवारमा बहिनी र छोरीलाई अप-शब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ।