माथिबाट खसेको ढुङ्गा छल्दा गयो प्रहरी हबल्दारकोे ज्यान

जनकबहादुर शाही/हुम्ला, २ माघ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ४४ कोष टाढा रहेको मेल्छाम प्रहरी चौकी पिप्लाङमा कार्यरत एक जना प्रहरी हबल्दारको लडेर निधन भएको छ ।

चंखेली गाउपालिकाको केन्द्रमा रहेको पिप्लाङबाट गस्तिका लागि मेखाला जान क्रममा घट्टे चौर भन्ने ठाउमा माथ्बिाट आएको ढुङ्गालाई छल्न खोज्दा लडेर घाइते भएका प्रहरी हबल्दार देबेन्द्र खड्काको उपचारका क्रममा काठमाडौंमा निधन भएको हुम्ला प्रहरी प्रमुख डीएसपी सूर्य प्रशाद सुवेदीले बताउनु भयो ।

गएको पौष २८ गते गस्तिमा मेखाला जाने क्रममा चंखेली ४ मा पर्ने घट्टे चौर भन्ने ठाउमा माथिबाट आएको ढुङ्गालाई छल्न खोज्दा लडेर जमिनमा भएको ढुङ्गामा बजारिएर घाइते भएका प्रहरी हबल्दार खड्का लाई उपचारका लागि मुगु लगिएको थियो ।

मुगुमा उपचार नहुने भएपछि हेलिकप्टरबाट थप उपचारका लागि प्रहरी अस्पताल काठमाडौं लगिएको हो । ढुङ्गामा बजारिएर धेरै चोट लागेकाले उपचारका क्रममा बिहबार राति ३ बजे प्रहरी अस्पतालमा उनको निधन भएको हुम्ला प्रहरी प्रमुख डीएसपी सुवदीले बताउनु भयो।

बर्दिया घर भई प्रहरी चौकी मेल्छाममा कार्यरत प्रहरी हबल्दार खड्काको पार्थिव शरीरलाई हेलकिप्टरबाट बर्दिया घरमा लगि परिवार र आफन्तजनको माझ दाहासंस्कार गरीएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार