एउटा घरको छतबाट अर्को घरमा उडान भर्न सक्ने कार

काठमाडौं । अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्सले मंगलवार एउटा उड्ने कार सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ उड्ने कार ‘क्याडिलेक’ चालक रहित कार हो ।
कम्पनीले विश्वमा नै पहिलो पटक डिजिटल प्ल्याटफर्ममा आयोजना भएको ‘कन्जुमर इलेक्ट्रोनिक्स सप’ (सिइएस)मा यसलाई प्रदर्शनी गरेको हो । कोभिड १९ को कारण यसवर्ष सिइएसलाई डिजिडल प्ल्याटफर्ममा आयोजना गरिएको थियो । जनवरी ११ तारिखबाट सुरु भएको सिइएस आज जनवरी १५ मा समापन हुँदैछ । मेलामा विश्वका एक हजार ठूला टेक कम्पनीले आफ्ना उत्पादन यहाँ शोकेस गरेका थिए ।

सेल्फ ड्राइभिङ कार भएको कारण यसलाई उडाउन र ओराल्न चालकको आवश्यकता पर्दैन । यो कार जमिनबाट सिधै माथि उड्न सक्छ । यो उड्ने कार सार्वजनिक गर्दै जनरल मोटर्सले यसलाई ‘व्यक्तिगत सवारी साधनको भविष्य’ बताएको छ ।

जनरल मोटर्सको यो उड्ने कारमा एक जना मात्रै यात्रा गर्न सक्ने बनाइएको छ । हेलिकप्टर जस्तै बसेकै स्थानबाट उड्न सक्छ भने, ओराल्न पनि सक्छ । यो कार ८८.५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा उड्न सक्ने कम्पनीको दाबी छ । यसलाई एउटा घरको छतबाट अर्को घरको छतमा जानपनि प्रयोग गर्न सकिने छ ।

पूर्णत इलेक्ट्रीक र अटोनोमश यस कारमा ९० किलोवाट क्षमताको मोटर दिइएको छ । यसमा जनरल मोटर्सले बनाउने अल्टियम व्याट्री र लाइटवेट बडी प्यानलको प्रयोग गरिएको छ । उड्न सक्ने क्याडिलेक कारको भिडियो जारी गर्दै कम्पनीका सीइओ मैरी बाराले यसको भच्र्यूृल प्रजेन्टेशन सार्वजनिक गरेकी हुन् ।

कम्पनीले ल्याउन लागेको क्याडिलेक बक्सी र क्रुज डिजाइनमा आधारित रहेको छ । यसमा दुई स्लाइडिङ ढोका दिइएको छ । यसमा छत भने सिसाको छ । यसमा प्लस बायोमेटिक सेन्सर, भ्वाइस कन्ट्रोल, हातको इसारा बुझने फिचर दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार