प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते विवाह गर्ने भएका छन । उनले अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग विवाह गर्न लागेका हुन् ।
उनको बिहे काठमाडौंमा हुने तय भएको बताएको छ । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्व’कीय सचिव नवराज राईले पुष्टि गरेका छन् ।
उनले भने, “विवाहको मिति तय भइसकेको छ । काठमाडौंबाट हुँदै छ ।” विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रि’तिभोज कार्यक्रम हुनेछ ।
विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्या’पारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र नि’म्तालुको सहभागिता रहने बताइएको छ ।
मुख्यमन्त्री राईले अ’न्तरजातीय विवाह गर्न लागेको उनी नि’कटस्थहरु बताउँछन् ।उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्न लागेको बताएको छ ।