आमाले परपुरुषसँग बिहे गरेर जाँदा लागेकी छोरीलाई सानीआमा भन्न लगाउथिइन् (भिडियोसहित)

विराटनगर । पुर्व प्रहरी हवल्दार सुवास देवान आफ्नै श्रीमतीबाट विगत तीन वर्षदेखि ठगी रहे । आफ्नै श्रीमतीसंग पनि कोही ठगीन्छन् भन्ने प्रश्न आउन सक्छ । तर उनी ठगीए । जबकी उनी आफै पनि प्रहरी हुन् । एउटा नेपाल प्रहरीको हवल्दार जस्तो मान्छे आफ्नै श्रीमतीबाट ठगीएको भन्ने कुरा सुनेर अचम्मित मान्नु स्वभाविक नै हो । २०७५ सालको अषाढदेखि घर छाडेर निस्किएकी श्रीमतीसंग अक्कल झुक्कल सुवाससंग सम्पर्क भईरहेको हुन्थ्यो ।

‘कुनैपनि आईमाई मान्छेले आफ्नो घरपरिवार र बच्चा छोडेर त्यसै अर्कैको साथ लागेर हिंड्दैन । मैले मेरो श्रीमान र पहिलाको घर छाड्नुको पनि केही त कारण होला नी ? एकतर्फि मात्रै कुरा सुनेर मलाई दोषी बनाउन पाईन्छ र ?’ यो भनाई अनि समाज र मिडियाकर्मीलाई प्रश्न हो उमा देवानको । उमा त्यही महिला हुन् जस्ले आफ्नो श्रीमान र छोरी हुँदाहुँदै अर्कैसंग लागेर श्रीमान सुवास देवानलाई आजभन्दा ३ वर्ष पहिले छाडेकी थिईन् ।

सुवास नेपाल प्रहरीका पुर्व हवल्दार हुन् । उनले आफ्नो श्रीमती र छोरीलाई विगत ३ वर्षदेखि खोज्दै आईरहेका थिए । पर्खाईको फल मिठो हुन्छ भने झैं अन्ततः सुवासले आफुलाई छाडेर गएकी श्रीमती उमालाई भेटाएरै छाडे । जब उमालाई सुवासले भेटाए तब उनी आफै चकित भए उमाको कुरा सुनेर । जब उमाले आफुले शुरुदेखि बिबाह गरेको छैन भनेर भनिरहेकी थिईन् तबदेखि अहिलेसम्म उमाले विबाह गरेकी रहिनछिन् ।

श्रीमान हुँदाहुँदै अर्कैसंग बिहे गरेकी उनकी श्रीमती उषाले आफुले बिहे नगरेको तर कुनै आफन्तकोमा बसिरहेको र घरमा फर्कने कुरा गरेको हुनाले सुवासले पनि उनको कुरामा विश्वास गरेका रहेछन् । उनले श्रीमतीको भनाईमा विश्वास गर्दै गईरहे तर उनकी श्रीमतीले भने सुवासले आफुलाई धेरै माया गर्ने र विश्वास गर्ने भएकोले जे भनेपनि हुन्छ भन्ने सोंचेर उनलाई मुर्ख बनाई रहिन् । र सुवास पनि श्रीमतीको कुरामा अन्जान हुँदै मुर्ख नै बनी रहे ।

जे भएपनि सत्यको एकदिन जीत हुन्छ भने झैं सुवासले पनि यो झुटको खेतीबाट छुटकारा पाएका छन् । आफन्त कसैको घरमा बसिरहेकी छु भनेकी श्रीमतीले अहिले अर्को बिहे गरेको श्रीमानबाट पाएको छोरीको फोटो फेसबुकमा पोष्ट गरेपछि उनको आँखा खोलिएको छ । पुर्व हवल्दार सुवासको साथ त उनले छाडिन् छाडिन् ।

विबाह नै नगरी दोश्रो मान्छेबाट उमाले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी रहिछन् । यो कुरा जब सुवासले थाहा पाए तब उनी निशब्द नै रहे । उनी मात्र नभएर उमाका कुरा सबै जना नै छक्कै परे । जे भएपनि उमाले पुर्व श्रीमान सुवासलाई धेरै पटक ढाँटेर अनि घर छाड्नेबेलामा सुवासको ७ लाख रकम लिएर गईन् त्यही रकम फिर्ता र सुवासलाई छल गरेको आरोपमा उनलाई गिरफ्तार गर्ने कुरा गरियो तब उमाले पनि सुवासले आफुलाई दिएको दुःखका कुरा यसरी सुनाउन शुरु गरिन् ।

यसै क्रममा आमा परपुरुषसँग गएपछि बाबुसंग बस्दै आएकी छोरि पनि अहिले आमासंगै बस्दै आएकी छन् । बाबु छोरीको भेट हुँदा दुवै जना धरधरी रोएको दृश्य भिडियोमा देख्न सकिन्छ । बाबु छोरीको भेटपछि आमाले यो राम्रो काम गर्नु भएको हो त भनेर सोधिएको प्रश्नमा छोरीले आमाले गल्ति गर्नु भयो भनेकी छन् । तर सबै दोष आमाको मात्र छैन बुवाको पनि दोष छ भनेर उनले केहि कुरा खोलेकी छन् ।

आमा अर्कै संग गएपछि तिमीले किन बुवालाई छोडेर यहाँ आएको भन्दा आमा हिडेपछि बुवाले धेरै त’नाव दिने पि’ट्ने गरेको कुरा सुनाउदै आमालाई लिएर आउनु खालि हात यता नफर्किनु भन्ने बुवाको बचनले गर्दा म घर न फर्केको कुरा उनले बताएकी छन् । बुवाले निकै पि’ट्नु हुन्छ सधै मेरो पैसा सकिदियौ भनेर झ’गडा गर्नुहुन्छ त्यसैले पनि म बुवा संग बस्दिन भनेर उनले धरधरी रुँदै भनेकी छन् ।

बुवा आमाको यो बिछोड निकै पीडादायी भएको उनले बताएकी छन् । यो उमेरमा आएर यसरि बुवाआमा अलग बस्दा आफुलाई निकै नराम्रो लागेको कुरा पनि उनले बताएकी छन् । साथै छोरीले आमाले ७ लाख लिएर हिडेको भन्ने कुरा सत्य नभएको पनि बताएकी छन् । साथै आमालाई सानीआमा भनेर बस्ने गरेको पनि उनले बताएकी छन् । गाउलेहरुले तिम्रो मम्मी हो भनेर सोध्दा उनले मेरो सानी आमा हो भनेर बसेको उनले बताएकी छन् ।

बाँकि तलको भिडियोमा हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार