भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, किर्पया पुरा हेर्नुहोला । काठमाडौं, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कन प्रचण्ड–नेपाल पक्षलाई आह्वान गर्नुभएको छ ।
प्रदेश एक सम्पर्क कमिटीले काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुर्य चिन्हबाट एक पटकपनि चुनाव नलडेकालाई सूर्य चिन्ह दाबी गर्ने अधिकार नभएको बताउनुभयो ।
उहाँले सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कन र पार्टीको बैठकमा आउन आह्वान समेत गर्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको प्रधानमन्त्रीको आरोप थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेकोे रिटमा सर्वोच्च अदालतमा सुनुवाईका क्रममा प्रधानमन्त्री ओलीले न्यायाधीशलाई भेटेको भन्दै उठेको प्रश्नको जवाफमा ओलीले आफूले कसैलाई नभेटेको प्रष्टीकरण दिनुभयो ।
सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको भन्दै उहाँले अरुलाई नदेखेको र नचिनेको दावी पनि गर्नुभयो ।
लौ आयो भाइरल सचिन परियार र राजेश हमालको पहिलो गीत,सचिनले राजेश हमालको डायलग बोल्दै सबैलाई हँसाए-भिडियो हेर्नुहोस