चितवन । अनिशा र कञ्चन काण्डले यतिबेला सामाजिक सञ्जाल तताएको छ । आफैले बिहे गरेर सिउँदो भरेको श्रीमतीले नै आफुलाई चिन्दिन भनेपछि कञ्चनले वि ष पि’एका थिए । अहिले उनको स्वास्थ्य अवस्था सुध्रिनुको साटो झनझन बिग्रदै गईरहेको छ । उनको स्वास्थ्य लाभको कामना गर्ने सबैले उनी चाँडै नै निको हुने आशा गरिरहेको बेला डाक्टर कञ्चनको बाँच्ने सम्भावना केवल ५ प्रतिशत मात्र भएको बताएका छन् ।
यो खबर सुनेर अहिले कञ्चनको पक्षमा पुरै गाउँ नै उर्लिएको छ । सबैले अनिशा र उनको परिवारले सजाय पाउनु पर्छ भन्दै आवाज उठाएका छन् । गाउँलेहरुको भनाई अनुसार यदि कञ्चनलाई केही भईहाल्यो भने अनिशा र उनको परिवारलाई जेल हाल्छौं भन्दै पुरै गाउँलेहरुले नै आ’क्रोश व्यक्त गरेका छन् । गाउँलेहरुले अनिशालाई कुनै पनि हालतमा क्षमा नदिने र नछोड्ने बताएका छन् । माया गर्नु कञ्चनको कुनै दोष नभएको उनीहरुले बताउँदै यस्मा अनिशाकै कारणले कञ्चनको यो हालत भएको उनीहरुले बताएका छन् ।
चितवनमा घटेको अनिशा र कञ्चनको घटनामा बल्ल प्रहरीले छानबीन गर्ने भएको छ । अनिशाले कञ्चनसंग बिहे गरेपछि कञ्चनलाई चिन्दिन भनेको हुनाले कञ्चनले वि ष से वन गरेका थिए । अहिले उनको अवस्था भने अझैं खतरमुक्त भई सकेको छैन । यसै विषयलाई लिएर कञ्चनका परिवारलाई पूरै गाउँलेहरुको समर्थन पनि रहेको छ । तर प्रहरी प्रशासनले कञ्चन र उनका परिवारलाई समर्थन नगरेको भन्दै गाउँलेहरु आ क्रोशित भएपछि प्रहरीले यो कञ्चनको परिवारको कुरा सुनेको छ ।
प्रहरी सामू आफ्नो भनाई राखेर कञ्चनकी आमा जिल्ला प्रहरीको कार्यालय चितवनबाट घर फर्किएकी छन् । उनले प्रहरीसंग भएको कुराकानीका बारेमा बताएकी छन् । उनको भनाई अनुसार शुरुमा त प्रहरीले आफुहरुको कुरा सुन्न मानेको थिएन रे । तर अहिले चारैतिरबाट दबाब गएपछि प्रहरीले यो विषयमा छानबिन गर्ने बताएको उनले मिडियालाई बताएकी छन् । उनले भनेकी छन्,‘शुरुमा प्रहरीले उनीहरुकै पक्षमा बोलेको थियो । हाम्रोभन्दा पनि उहाँहरुकै कुरा बेसी सुन्नु हुन्थ्यो । तर यसपाली भने हाम्रो पनि कुरा सुन्नु भयो र घटनाको छानबीन गर्ने बताउँनु भएको छ ।’
कञ्चन तिमिल्सेनाले अनिशा कुमालसंग बिहे गरेका थिए । बिहे गरेको ३ दिनमा नै अनिशाको परिवारले कञ्चनबाट छोरीलाई छुटाएर माईत लगेपछि अनिशाले पनि कञ्चनलाई चिन्दिन भनेको हुनाले कञ्चनले वि ष पि एका थिए । अहिले उनको अवस्था निकै गम्भिर भएको डक्टरले बताएका छन् । यो विषयमा कञ्चनकी आमाले रुँदै मिडियमा आफ्नो भनाईलाई यसरी बताएकी छन् ।